Lifestyle Portal
  •   २१ मंसिर २०७८, मंगलवार

सद्गुरु (जग्गी वासुदेव) – एक पिता तथा श्रीमानका रूपमा

१९ मंसिर २०७७, शुक्रबार २३:०५

लोकप्रिय

जग्गी वासुदेव अर्थात् सर्वप्रिय सद्गुरु धेरै मानिसहरुका लागि अत्यन्तै धेरै भूमिकाहरुमा परिचित हुनुहुन्छ – गुरु, रहस्यवादी, योगी, मित्र, ज्ञात तथा अज्ञात, धेरै विषयहरुका लागि एउटा विशिष्ठ सल्लाहकार, कवि, वास्तुशिल्पी… यि लगायत उनका अनेकौं परिचयका आयामहरु छन् । तर वहाँ एक पिता तथा श्रीमान पनि हुनुहुन्छ ।

आध्यात्मिक जागरण अनुभवको दुई वर्ष पछि, उनको भेट उनको धर्मपत्नी विजयकुमारीसँग भयो, विजयकुमारीलाई स्नेहले ‘विज्जी’ नामले बोलाइन्छ । दुवैको पहिलो भेट, भारतको कर्नाटक राज्यस्थित मैसूरमा एक खानपानको कार्यक्रमका क्रममा भएको थियो जहाँ सद्गुरु एक अतिथिका रूपमा उपस्थित थिए । यसपछि दुवै बीच केही समयका लागि अत्यन्तै हार्दिक पत्रहरुको आदान-प्रदान भयो । सन् १९८४ को महाशिवरात्रीको शुभ अवसरमा, सद्गुरुले विज्जीसँग लगनगाँठो कस्नुभयो । सद्गुरुको योग कक्षाको दिनचर्या अत्यन्तै व्यस्ततातर्फ अघि बढिरहेको थियो । त्यतीखेर सद्गुरु विभिन्न कार्यक्रमका आयोजनका लागि दक्षिण भारतको कुनाकाप्चाको यात्रामा व्यस्त रहनुहुन्थ्यो । वहाँको धर्मपत्नी विज्जी एक बैंकमा काम गर्नुहुन्थ्यो, वहाँ पनि समय मिलेसम्म प्रायः कार्यक्रमहरुमा आफूले दिनसक्ने सहयोगका लागि सद्गुरुको मोटरसाइकलमा सँगै बसेर यात्रा गर्नुहुन्थ्यो ।

सन् १९९० मा, सद्गुरु तथा विज्जीको कोखबाट एउटी सानी छोरीको जन्म भयो, उनको नाम राधे हो । सद्गुरुले भनेका छन्, “विज्जी आमा बन्न चाहन्थिन् । उनलाई लग्थ्यो कि मातृत्वको अनुभव कुनै पनि महिलाको जीवनको सबै भन्दा महत्वपूर्ण अनुभव हुने गर्दछ ।” तर जतिखेर म १९ वर्षको थिएँ, त्यतिबेला मेरो मनमा बिहे गर्ने अथवा अब परिवार बसाउनु पर्छ भन्ने कुनै पनि भाव थिएन, त्यतिबेलला नै म ‘ऋषि भ्याली स्कूल’ गए, यो त्यही विद्यालय थियो, जसको स्थापना जे. कृष्णमूर्तिद्वारा भएको थियो । मैले सोचे, ‘यदी मेरो कहिल्यै सन्तान भएन…. र मलाई थाहा छैन त्यतिबेला मेरो मनमा एउटा छोरीको ख्याल आयो, र सोंचे छोरीलाई यही विद्यालयमा पढ्न पठाउनेछु । फेरी राधेको जन्मबाट करीब पाँच वर्ष अघि, म र विज्जी कलाक्षेत्रमा गयौं (भारतीय शास्त्रीय नृत्यको शिक्षाका लागि उत्कृष्ट संस्थानहरुमध्येको एक), त्यहाँ मैले विज्जीलाई हेरेर भने, “यदि हाम्रो घरमा छोरीको जन्म भयो भने उसलाई यहाँ अवस्य पठाउनेछौं ।” त्यस पछि मैले यो सम्बन्धमा कहिल्यै ध्यान दिइन । “तर मेरी छोरीले आठ वर्षसम्म ऋषि भ्याली स्कूलमा रहेर अर्को चार वर्ष कलाक्षेत्रमैं बिताई, अब त उ नर्तकी बनिसकेकी छ ।”

Photo Source: ISHA

जसो-जसो समय बित्दै गयो, सद्गुरुले आफ्नो पूरा ध्यान ध्यानलिंगलाई पूरा गर्नमा लगाउनुभयो, अनि विज्जी पनि पूर्ण आत्मीयताका साथ यो प्रक्रियाको अंग बनिदिनुभयो । सद्गुरु भन्नुहुन्छ, “सन् १९९६, जुलाईको महीना थियो, हामी ध्यानलिंगको प्रतिष्ठा गर्ने तयारी गरिरहेका थियौं । विज्जीले तय गरिसकेकी थिइन कि लिंगकोकार्य संपूर्ण भए लगत्तै, उनले आफ्नो शरिरको त्याग गर्नेछिन् । उनले घोषणा नै गरिदिइन कि उनले एक निश्चित पूर्णिमाका दिन यो संसारबाट विदा लिनेछिन्, उनले यसका लागि तयारी गर्न प्रारम्भ पनि गरिन् । मैले उसँग कुरा गर्न चाहे, उसलाई भने ‘अहिले यसको आवश्यक्ता छैन केही समय अझै प्रतिक्षा गर’ तर उसले मानिन र भनि, “यो समय, मेरो जीवन सम्पूर्ण छ, बाहिर तथा भित्र, कुनै अभाव या कमी छैन । मेरो लागि यो उचित समय हो । मलाई थाहा छैन कि जीवनमा यस्तो समय फेरी कहिले आउने हो?”

केही कारणले हामीले लिंगकोप्राण-प्रतिष्ठाको काम त्यस बखत समयमै पूरा गर्न सकेनौं । त्यस दिन पूर्णिमा थियो, त्यस पूर्णिमाको दिन, उ केही मानिसहरुका साथ ध्यानको अवस्थामा बसि । आठ मिनेट पछि, उसले बिना कुनै प्रयत्न, सहज भावले, मुस्कुराउँदै आफ्नो प्राण त्याग गरिन् । उसको स्वास्थ्य उत्तम थियो तथा त्यस क्षण उ केवल तेंत्तीस वर्षको मात्र थिई । शरीरलाई बिना कुनै हानि पर्र्याएर, यस किसिमले संसारबाट बिदा लिनु सजिलो हुन्न । आफ्नो शरीरफाई त्यसै किसिमले त्याग गरिदिनु, जसरी हामी कपडा पहिरिने गर्दछौं, यो कुनै साधारण कुरो हैन । जब कुनै व्यक्ति जीवनमा यस्तो बिन्दुमा आइपुग्छ, जहाँ पुगेपछि उसलाई लाग्छ कि उसका जे जति आवश्यक्ता थिए, त्यो सबै पूरा भइसकेको छ, र जीवनमा हेर्नका लागि अब केही बाँकी छैन, त्यस बखत उ आफ्नो स्वेच्छाले शरीरको त्याग गर्नसक्छ । यदि देश त्यागका लागि कुनै पनि संघर्ष या शरिर घाइते भएको हुन्छ, यसको अर्थ हुन्छ कि उसले आत्महत्या गरेको छ । जब कुनै संघर्ष हुन्न, र कसैले यही किसिमले संसारलाई छाडिदिनसक्छ, जुन किसिमले हामी कोठाबाट बाहिर निस्किन्छौं, त्यस अवस्थालाई महासमाधि भनिन्छ ।

जब कुनै व्यक्ति यस किसिमले संसारबाट विदा लिन्छ, त्यसपछि उसको शारिरिक उपस्थिती रहन्न । जब कसैले प्राण छाडेर जान्छ, त्यति बेला हामी यो वाक्यको प्रयोग गर्दै भन्छौं, “उ अथवा वहाँ रहनु भएन”, तर यो कुरो साँचो होइन । उ केवल ति अर्थहरुमा छैन, जुन अर्थहरुमा तपाईं उसलाई चिन्नुहुन्थ्यो । तर जब कुनै व्यक्ति पूरा सजगताका साथ आफ्नो शरिरलाई त्याग गर्दछ, आफ्नो शरीरलाई बिना कुनै हानि अथवा बिना कष्ट छाडेर जान्छ, त्यबेला सही अर्थमा उ रहेको हुँदैन । त्यस व्यक्तिको अस्तित्व नै अब रहदैन । उ त कतै विलीन भइगयो, खेल सक्कियो, सम्पूर्ण रुपमा, सदाका लागि समाप्त भयो ।

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

विश्व वातावरण प्रदूषित हुँदै गएकोमा विश्वका पश्चिमा मुलुकहरू जति चिन्तित देखिएका छन् त्यति अफ्रिकी र एशियाली मुलुक देशहरू छैनन्। विश्व

काठमाण्डौ । रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ

कास्की । पोखरा महानगरपालिका-३३ गगनगौंडाबाट १ लाख ९४ हजार २ सय अमेरिकी डलर सहित पोखरा महानगरपालिका-९ शिवालय चोक बस्ने मुस्ताङ