
गैंडाको खाग सहित ३ जना पक्राउ
२१ मंसिर २०७७, आईतवार १६:३८
रुपन्देही। बुटवल उपमहानगरपालिका-८ सुख्खानगरस्थित कलश होटलबाट १ थान गैंडाको खाग सहित ३ जनालाई प्रहरीले आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुर्खेत लेकबेसी गाउँपालिका बस्ने ३१ वर्षीय भक्त बहादुर थापा, जाजरकोट बोरेकोट गाउँपालिका-४ बस्ने २६ वर्षीय कर्ण बहादुर राउत र काठमाडौं महानगरपालिका-१ बसन्तपुर बस्ने २६ वर्षीय राकेश न्यौपाने रहेका छन् ।
उक्त होटलमा गैंडाको खाग तस्करी हुँदैछ भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको प्रहरीले उक्त खाग सहित उनीहरुलाई पक्राउ गरेको हो ।
साथै उनीहरुलाई नियन्त्रणमा लिने क्रममा उनीहरुले प्रहरीसँग रहेको पेस्तोल खोसी गोली चलाउँदा उनीहरु मध्येकै न्यौपाने घाइते भएकाले लुम्बिनी प्रादेशिक अस्पताल हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको छ ।
उक्त कार्यमा संलग्न हाल फरार १ जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय