
सक्रिय संक्रमितको संख्या कति पुग्यो ?
काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १७ कोरोना संक्रमितको मृत्यु भएको हो ।
हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५९४ पुगेको छ ।२४ घण्टाको अवधीमा १ हजार ९६ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधीमा १ हजार ७५२ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख २५ हजार ८०५ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
हाल सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ पुगेको छ ।