
भ्वाइसको फाइनलका लागी यसरी सजिदै छ कतारको एम फि थियटर
२५ मंसिर २०७५, मंगलवार १४:४५
उत्कृष्ट स्वरहरुको कार्यक्रम द भ्वाइस अफ नेपाल अन्तिम चरणमा पुगिसकेको छ । द भ्वाइस अफ नेपालले गाउ गाउबाट उत्कृस्ट गायन क्षमता भएका मानिसहरु बटा टप ४ ट्यालेन्टहरु छनोट गरि सकेको छ । हाल सम्म ३१ बटा श्रृंखलाहरु मार्फत आफ्नो कार्यक्रम द भ्वाइस अफ नेपालको अन्तिम तथा ३२ औँ श्रृंखला कतारको दोहाको एम फि थियटरमा हुने भएको छ । जस्को प्रत्यक्ष प्रसारण नेपाली समय अनुसार राती १० बजे कान्तिपुर टि.भी., डिस होमको रमाइलो एच डी तथा द भ्वाइस अफ नेपालको युट्युव च्यानल मार्फत हेर्न सकिने छ । डिसेम्बर १४ मा हुने उक्त कार्यक्रममा पहिलो द भ्वाइस अफ नेपाल छनोट हुनेछन । बहुचर्चित नेपाली हाँस्य कलाकार ध्रुमुस सुन्तलीको बेजोड प्रस्तुती रहने उक्त कार्यक्रमको लागि टिकट बुकिङ्ग खुला गरिसकिएको आयोजकले जनाएको छ ।
नेपालको पहिलो द भ्वाइस छनोट गर्ने सम्पुर्ण जिम्मा दर्शकलाइ सुम्पिएको छ । त्यसैले आफ्नो मन पर्ने ट्यालेन्टलाइ जिताउनका लागि भोट गर्न सक्नुहुने छ जस्का लागि तपाइँले प्ले स्टोर तथा एप स्टोरबाट द भ्वाइस अफ नेपालको एप डाउन्लोड गरी उत्कृष्ट तथा प्रिय ट्यालेन्टलाइ छनोट गर्न सक्नुहुनेछ ।
द भ्वाइस अफ नेपालले कतारको दोहाको एम फि थियटरमा लाइभ कार्यक्रम देखाउनको लागी भ्वाइसको टिम नै कतार पुगेका छन ।द भ्वाइस अफ नेपालको अन्तिम तथा ३२ औँ श्रृंखलाको लागी तयार हुदै गरेको दोहाको एम फि थियटरको केहि तस्विर यस्तो छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
क्यानबेरा । अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमाना आगामी जुनसम्म पनि बन्द नै रहने भएको छ । यसअघि पनि लागू हुँदै आएको सिमाना
काठमाडौं। एक निर्लज्ज जोडीले सार्वजनिक पार्कमा थुप्रै मानिसहरु र कैयौं परिवारकै अगाडि खुल्लमखुल्ला यौनसम्बन्ध राखिरहेको देखिएपछि त्यहाँका सर्वसाधारण आक्रोशित भएका
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार
काठमाडौं। गिना स्टेवार्टले आफू हजुरआमा भएको बताउँदा मानिसहरुले विश्वास गर्दैनन् । उमेरलाई चुनौती दिने यी मोडल संसारकै हट हजुरआमाको रुपमा