Lifestyle Portal
  •   २१ माघ २०७९, शनिबार

कतै तपाईंलाई डिप्रेसन भएको त छैन ?

२२ मंसिर २०७७, सोमबार ००:२६

लोकप्रिय

काठमाडौं ।  धेरै मानिस डिप्रेसनको शिकार भएका हुन्छन् । डिप्रेसन एक मानसिक रोग हो । यसले मानसिक रुपमा अनेकौं समस्या निम्त्याउने गर्दछ ।

मानिसमा निराशापन बढ्दै जानु, मनमा अनेकौं नकारात्मक विचार आउनु, जिन्दगी बेकार भएको महसुस हुनु लगायतका लक्षण डिप्रेसनका संकेत हुन् । डिप्रेसनमा केही मानिस मर्ने चाहना राखेर आत्महत्या गर्नेसम्मको स्थितिमा समेत पुग्ने गर्दछन् । तर डिप्रेसनको वेलैमा राम्रो उपचार भयो भने त्यस्तो जोखिम निम्तिदैन । डिप्रेसन भएको कसरी थाहा पाउने ?

मनमा बद्लिएमा
यदि कोही डिप्रेसनको सुरुवाती अवस्थामा छ भने उसको मनमा निकै बद्लाव आउँछ । आफू एक्लो भएको, दुःखी भएको, रित्तो महसुस हुने तथा रुन मन लाग्ने हुन्छ ।

खुशी नहुनु
डिप्रेसनको अर्काे मुख्य लक्षण भनेको मानिसमा खुशीपना नहुनु हो । यदि कोहि मानिस रमाइलो माहौलमा पनि हास्न सक्दैन भने वा खुसी बन्न सक्दैन भने यो डिप्रेसनको अर्को लक्षण हो ।

तौल घटबढ
शारिरीक तौलमा एकाएक घटि हुने थालेमा मानिसमा डिप्रेसन हुन सक्छ । यदि तौलमा परिवर्तन आएमा यसबारे चिकित्सकको सल्लाह लिएर तुरुन्त उपचार तर्फ लाग्नुपर्छ ।

निन्द्रा नपर्नु
डिप्रेसन भएका मानिसहरु प्रायः अबेर रातिसम्म निदाउन सक्दैनन् । तर यो केही मानिसमा मात्र हुनसक्छ । केहीलाई दिउ“सो निन्द्रा लाग्ने, वा आवश्यकता भन्दा बढी निन्द्रा लाग्ने पनि हुनसक्छ ।

थाकेको महशुस हुनु
यदि कसैलाई बिना श्रम पनि बढी थकान महशुस हुन्छ भने यो पनि डिप्रेसनको लक्षण हुनसक्छ । साथै कतिपयमा एकाग्र हुन नसक्ने, निन्द्रा नपुगे जस्तो हुने लक्षण देखापर्छ ।

बिना कारण पछुतो हुने
डिप्रेसनबाट पीडित मानिसमा बिना कारण पछुतो हुने गर्दछ । उनीहरु हरेक कुरामा आफूलाई अयोग्य ठान्दछन् । उनीहरुमा नकारात्मक विचार बढी आउने गर्दछ । त्यस्तै केही मानिसमा साधारण तनावमा पनि मर्न वा आत्महत्या गर्न मन लाग्छ भने यो डिप्रेसनको लक्षण हो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई