श्रीलंकन अधिकारीद्वारा चीन नियन्त्रित ‘ग्वादार’बाट २.५ बिलियन बराबरको लागूऔषध बरामद


कोलम्बो । श्रीलंकाका अधिकारीहरुले आइतबार चीन नियन्त्रित ग्वादारबाट चार जनासहित २५० बिलियन रुपैयाँ बराबरको लागूऔषध तस्करी गरिरहेको अवस्थामा बरामद गरेको छ ।

उनीहरुलाई माराविला थोडुवावा क्षेत्रमा पक्राउ गरिएको श्रीलंकन अधिकारीले जनाएका छन् । उनीहरुले चीन नियन्त्रित ‘ग्वादार’बाट पाकिस्तानको धोउ हुँदै हिरोइन र मेथामफेटामाइन ल्याउँदै गरेको अवस्थामा नियन्त्रणका लिएका हुन् ।

उक्त लागुऔषध तस्करीमा आईएसआईको संलग्‍नता भएको पाइएको छ । धाउ हुँदै ग्वादारसम्मको तस्करीको सञ्‍जाल स्थापना गर्नका लागि आईएसआई र चिनियाँ गुप्तचर अधिकारीहरु संलग्‍नता रहेको पाइएको हो ।

माल्दिभ्स र श्रीलंकाको बीचको समुद्री क्षेत्रबाट लागुऔषध तस्करी हुने गरेको छ । अन्तःशुल्क विभागले छापा हान्दा एक सय किलोग्राम हिरोइन र एक सय किलोग्राम बरफमा राखिएको मेथामफेटामाइन बरामद गरिएको हो ।

दुबईमा लुकिरहेको ‘जुड’ नाम गरेको एक ड्रग्स तस्करले डुंगाको माध्यमबाट लागुऔषध विभिन्‍न मुलुक पठाउने गरेका छन् । प्रहरीले लागुऔषध, दुई कार र एक ट्रकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

समाचार स्रोतः ZeeNews


Loading comments...