‘अब इन्टरनेटको अनुभव सुपर उत्कृष्ट’ सुबिसुको 5G Dual band Router को साथमा


२०७७ मंसिर २२ । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले आफना ग्राहकवर्गहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नका निम्ति 5GHz Dual Band Router सहितको सेवा प्रस्तुत गरेको छ । यस अघि 2.4 GHz सेवा दिदै आएको कम्पनीले ग्राहकहरुको इन्टरनेट अनुभवलाई अझ उत्कृष्ट बनाउने उद्देश्यका साथ 5G सेवा सुरु गरेको हो ।

इन्टरनेटको बद्लिदो माग तथा अझ उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यका साथ यस कम्पनीले 5GHz Dual Band Router सहितको सेवा सुरु गरेको हो । 5GHz को प्रयोगले इन्टरनेट सेवा प्रयोग गर्दा आउने प्राविधिक समस्यालाइ कम गर्दै ग्राहकहरुको इन्टरनेट अनुभवलाइ अझ गुणस्तरिय बनाउनेछ ।

ग्राहकहरुको माग र सन्तुष्टिलाई प्राथमिकतामा राखि समय समयमा कम्पनीले सेवा विस्तार तथा परिमार्जित गरि गुणस्तरीय सेवा प्रदान गर्दैआएको छ ।

सुबिसुको बारेमा:
सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs), व्यान एथर्नेट (WAN Ethernet), होलसेल आइ.पि ट्रान्जिट (Wholesale IP Transit), एम.भि.पि (MVP), डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवातथाबिजनेस सोलुसन नेपालमाप्रदानगर्दै आएको छ ।

Clear TV काबारेमाः
Clear TV, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायककम्पनीको उत्पादनहो । यो नेपालको पहिलो Digital Cable Television सेवा हो जसले MPEG4 Standard Definition / High Definition channels केबल मार्फत, Conditional Access System (CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गर्दछ ।


Loading comments...