फाइजरले बनाएको कोविड-१९ को पहिलो खोप लगाउनेमा ९० वर्षीया महिला


एजेन्सी । फाइजरले कोरोना भाइरस भ्याक्सिनको खोप लगाउन बेलायतमा सुरु गरेको छ। उत्तरी आयरल्यान्डकी ९० वर्षीया महिलालाई फिजर-बायो-एन-टेकबाट कोविड-१९ को खोप दिइएर खाेपकाे थालनी भएकाे हाे ।

यस खोपको मानव परीक्षण पूरा भएपछि, ९० वर्षिया महिला खोप लगाउने विश्वको पहिलो व्यक्ति बन्न पुगेकि हुन् ।

मध्य ब्रिटेनको कोभेन्ट्रीस्थित युनिभर्सिटी अस्पतालमा मार्गरेट केनन भन्ने महिलालाई यो खोप सर्वप्रथम लगाईएको हो । खोप लगाए पश्चात् उनलेे भनिन्, ” म आफु धेरै गर्व महसुस गर्दैछुु।”

“मलाई यो खोप दिइएको पहिलो पटक हो  र मलाई गर्व महसुस छ । मेरो जन्मदिन भन्दा केही दिन अघि मैले यस्तो अद्भुत उपहार प्राप्त गरेको हुँँ । मलाई आशा छ, म अब सामान्य जीवनमा फर्किन सक्नेछु। नयाँ वर्षमा अब परिवार सँग भेट्न रमाउँन पाउने छु ।”

केननले मानिसहरूलाई यो खोप लिन पनि प्रोत्साहित गरेकी छिन्, “यदि मैले यो खोप 90 वर्षको उमेरमा लिन सक्छु भने अरु मान्छेहरू किन सक्दैनन् ?”

 

हालसम्म बेलायत सरकार तथा बहराइन सरकारले फाइजरलाई खाेप लगाउन स्वीकृति दिएको छ । बेलायतमा 80 बर्ष भन्दा माथिका व्यक्ति र स्वास्थ्य सेवामा संलग्न कर्मचारीहरूलाई भ्याक्सिन दिने निर्णय भएकाे छ । यस योजना अन्तर्गत, जो मानिसहरूलाई यस महामारीबाट जोखिम हुने सम्भावना छ तिनीहरूलाई पहिले सुरक्षित गरिएको बीबीसी हीन्दीले जनाएकाे छ ।

फाइजरले विकसित गरेको कोविड-१९ भ्याक्सिनको प्रयोगलाई अनुमोदन गर्ने बेलायत पहिलो देश हो । बेलायतको औषधि नियामक संस्थाले यस भ्याक्सिनको आपतकालीन प्रयोगका लागि फाइजरलाई अस्थायी स्वीकृति दिएको छ । साथमा भनिएको छ- “खोपले कोविड-१९ बाट ९५ %प्रतिशत बचाउन सक्जुुछ ।”

पछिल्लो हप्ता मात्र, युके ड्रग रेगुलेटरले यो खोपको प्रयोगलाई अनुमोदन गरेको हो । यद्यपि प्रयोग गर्न सुरक्षित भएकाे मानिए पनि बेलायतमा खोप लगाउनु अनिवार्य छैन ।

फाइजरले भारतीय औषधि नियामकबाट पनि अनुमति मागेको छ।

बेलायत र बहराइनमा स्वीकृत भएपछि कम्पनीले भारतमा पनि कोविड-१९को खोप बेच्ने र वितरण गर्ने अधिकार प्राप्त गर्न चाहन्छ । फाइजरले भारतीय औषधि नियामक (ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डिया) बाट पनि भारतमा कोभिड खोपको आपतकालिन प्रयोगको लागि अनुमति मागेको छ ।

कम्पनीका अनुसार यो खोप दुई पटक वा दुई मात्रामा दिइन्छ । ब्रीटेन पश्चात बहराइनको खोप नियन्त्रण प्रशाशनले समेत फाइजरलाई अनुमोदन गरेपछि भारतसँग पनि अनुमति मागेको छ। बहराइन प्रशासनले पनि शुक्रबार यो खोप अनुमोदन भएकाे घोषणा गरेको थियो ।

भारतमा खोप प्रयोग गर्नका लागि केही चुनौतीहरू भएको विज्ञहरूको तर्क छ । उदाहरण को लागी, यो खोपलाई माइनस ७०°डिग्री मा भण्डारण गर्नु पर्छ भने, भारत जस्तो देशहरुमा यस खोपको वितरणको लागि एक ठूलो चुनौती हो । बीबीसी हिन्दीका अनुसार, यस खोपलाई माइनस ७०°डिग्री मा राखेर साना शहर वा शहरदेखि टाढाका क्षेत्रहरूमा पुर्याउनुु भारतीय प्रशासनका लागि ठूलो चुनौती हुने छ ।

अनुवाद : सुजन तिमल्सिना


Loading comments...