विप्लव समूहले भन्यो– नसुध्रिएकाले सम्झाउन जाँदा प्रतिकारका क्रममा शिक्षकको मृत्यु


काठमाडौं । मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले गरेको जिम्मा लिएको छ । नेकपाले जिम्मा लिदै प्रतिकारमा उनी मारिएको दावी गरेको छ ।

सो पार्टीका इन्चार्ज प्रतापको नामबाट मंगलबार जारी विज्ञप्तिमा श्रेष्ठ पार्टीको सुराकी भएको आरोप लगाइएको छ । विज्ञप्तीमा उनलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु हुन पुगेको दावी गरेको छ ।

मिक्लाजुङ गाउँपालिका १ का श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची–कोसी बैठकका क्रममा प्रहरी बोलाएको दमन गरेको, प्रहरीको सुराकीको रुपमा काम गरेको, नेता कार्यकर्तालाई पक्राउ गराएकोलगायतका आरोप विप्लव समूहले लगाएको छ ।
श्रेष्ठको मंगलबार बिहान हत्या भएको थियो ।


Loading comments...