युवाहरुको सपना कसले साकार पार्ने ?


काठमाडौं ।  युवाहरु हरेक परिवर्तनका जह हुन । विकासका प्रमुख पुर्वाधार हुन । संसारका जुनसुकै देशहरुमा आएको परिवर्तनमा युवाहरूले अति महत्त्वपूर्ण भुमिका खेलेका छन । हाम्रै देशमा पनि २००७ सालमा भएको जाहानिया राणा शासन विरुद्द्को आन्दोलन होस या निरंकुश पन्चायती व्यवस्था विरुद्धको आन्दोलन होस अथवा गणतन्त्रका निम्ति गरिएको जन आन्दोलन होस, युवाहरुकै अदम्य साहसको बलबुतामा देशमा लोकतान्त्र गणतन्त्र आएको हो । देशमा शासम व्यवस्था र दुखद अवस्था परिवर्तन गर्ने सपना बोकेर आन्दोलनमा होमियका कति युवा सहिद भए त कति अपांग भएका छन । विगतमा लोकतन्त्र गणतन्त्र ल्याउन ज्यानको पर्वाह नगरिकन होमिएका युवाहरुले ल्याउन खोजेको लोकतन्त्र यहि हो त ? एउटा गम्भीर प्रशन उठन लागेको छ ।

देशको राजनीति यति धेरै फोहोरी भएको छ कि युवाहरुले देशको चिन्तन नै गर्न छाडिसकेका छन । अझ विस्तृत रुपमा भन्नुपर्दा युवाहरुमै विभिन्न आधारमा विभाजन भैसकेको छ । निम्न आधारहरूमा युवाहरु विभाजित छनः

लेखकः सौरभ न्यौपाने

१) केही युवाहरु देशको राजनितीको अवस्था जतिनै बिग्रदै गएपनी कुनै प्रवाह नगरी शान्त रुपले बसिरहेका छन । कक्षा १२ सम्म पढेर उच्च शिक्षा अध्यनको लागि विदेशिने बाहेक अरु केही सोचेका हुदैनन् । अझ यथार्थमा भन्नुपर्दा कि त लोकसेवा तयारी गर्ने होइन भने वैदेशिक रोजगारीको तयारीमा लाग्ने सपनामा मात्र भुल्दै छन् । बाकी उपाय नै देखेका छैनन र आफनै देशमा श्रम र बुद्दिको लगानी गर्न आवस्यक ठान्दैनन ।

२) केही युवाहरू देशको बिग्रदो राजनीति देखेर अब युवाहरू एक हुनुपर्छ भन्ने दृढ संकल्प बोकेर अघि बढिरहेका छन । एक छाक जोहो गर्न मुस्किल धेरै परिवारलाइ खाना खुवाउने देखि अन्य सामाजिक सेवा गरि अघि बढिरहेका छन् । युवा आउ देश बचाउ जस्ता महत्त्वपूर्ण अभियानहरु पनि चलाइरहेका छन । यस्तै कारणहरुले गर्दा देश प्रती अझ बढी चिन्तन गर्न अतुलनीय सहयोग पुगेको छ ।

३) केही युवाहरू विभिन्न राजनीतिक दलमा आवद्ध भएर अघि बढिरहेका छन । राजनीतिक दलमा नलाग्दा भोलि आफुलाइ असहज परिस्थितिमा सहयोग नपाइने सोचले नेताको पछि पर्न बाध्य छन् । नेताहरुलाइ रिझाएर विभिन्न तहमा आउने सरकारी बजेटहरु बाट फाइदा उठाउने गरेका छन । यस्ता युवाहरू विभिन्न भातृ संगठनमा आवद्ध भै चुनावी समयमा चुनाव जित्नलाइ प्रयोग भैरहेका छन् ।

४) केही युवाहरु देशलाइ युवाहरु मिलि समृद्ध बनाउनुपर्छ भन्ने सकारात्मक सोचका साथ अघि बढिरहेका छन् । तन र मन लगाएर सामाजिक काममा लागिपरेका छन । भ्रष्ट पद्धति र भ्रष्टाचारिहरुको विरुद्ध आवाज उठाइरहेका छन् तर परिवारको आर्थिक स्थिति कमजोर भएर वैदेशिक रोजगारिको लागि खाडी मुलुक धाउनु पर्ने बाध्यात्मक परिस्थितिमा छन् । देशमै केही गर्ने रहर हुदाहुदै पनि जिविका चलाउन गाह्रो भएर वैदेशिक रोजगारीमा जानू परेको छ । वैदेशिक रोजगारीमा जाने युवाहरुले आफ्नो सपनाहरू सङ्ग सम्झौता गर्दै मुस्कुराई रहेका छन् ।

समग्रमा नियाल्ने हो भने युवाहरुमा देशको समृद्धि हेर्ने चाहना छ तर त्यसको लागि आफ्नै नेतृत्व लिगेर अघि बढ्न भने हिचकिचाइ रहेका छन भने, कोइ इच्छा हुदाहुदै पनि विभिन्न समस्याले अघि बढन सकिरहेका छैनन् ।

देशमा बढ्दो भ्रष्टाचार लुटतन्त्रको मतलब नगरी चलि आएको परम्परा अनुसार वैदेशिक रोजगारीको लागि विदेश पलायन हुने मन त्यागेर यहि देशमा सानो ब्यवसायी गरि आफ्नो परिवार सङ्गै देशलाइ नि समृद्ध बनाउने मेरो सपना हो । युवा जनशक्तिको कदर गर्न नसकेको मेरो देशको सरकारको गुण र दोसको आधारमा विरोध गर्दै समाजलाइ सक्दो सेवा गर्दै युवाहरुको प्रतिनिधि बन्नु छ ।

यदि हामी युवाहरूले देशको मतलब गरिएन भने भ्रष्टाचारिहरु अझ बलियो हुँदै जानेछन् । हामी वैदेशिक रोजगारिमा गएर आफ्नो परिवार सकुशल पाल्न सकौला तर अहिलेको लुट्तन्त्रले भोलि भावी पुस्तालाइ प्रत्यक्ष रुपमा असर गर्नेछ । त्यसैले अबको युवाहरु झोले कार्यकर्ता नभै सकारात्मक सोच बोकेर अघि बढ्न जरुरी छ । “युवा अघि सरे, देश अघि बढ्छ ” यो अभियानलाई अघि सारी सम्पुर्ण युवाहरु एक जुट गराउन योगदान गर्नु नै मेरो सपना हो । विभिन्न पार्टीमा रहेका युवाहरुलाइ सर्वप्रथम हामी यो देशको नागरिक हो भन्ने बोध गराउनु पर्छ । देशको कुसंस्कार विरुद्ध आवाज उठाउन कुनै दल, संस्था नभनी एक हुन आवश्यक छ साथै सकारात्मक बाटोमा हिडाउन हर सम्भव प्रयास गर्दै समृद्धिको बाटोमा हातेमालो गर्नुपर्छ ।

वैदेशिक रोजगारिमा गएका युवाहरुले पठाएको रेमिटेन्सले हाम्रो देश चलेको छ । राज्यको सम्पत्ति भनेकै हाम्रो सम्पत्ति हो । त्यसैले यसको दुरुपयोग हुनबाट कसरी जोगाउन सकिन्छ भनेर चेतना फैलाउदै हिड्नुपर्छ । वैदेशिक रोजगारिमा गएका युवाहरुको सपना भनेकै आफुले पठाएको रेमिटान्सले आफ्नो परिवारले उत्कृष्ट शिक्षा स्वास्थ आर्जन गरोस र देश समृद्ध बनोस नै हो । अबको पुस्ता स्वदेशमै लगानी गरि आत्मनिर्भर बन्न सकोस भन्ने हामी सबैका साझा सपना हुनुपर्छ । यो परिपुर्ति गर्नका लागि हर क्षेत्रमा युवाहरुले हस्ताक्षपकारी भुमिका खेल्नु पर्छ र युवाहरुको सपना पूरा गर्ने युवाहरूले नै हो भनि यी सपनाहरू युवाहरु सामु बुझाई सपना पूरा गर्न हरसम्भब प्रयास गर्ने छु ।


Loading comments...