फोर्ब्सको नजरमा विश्वका १०० शक्तिशाली महिला यि हुन्


एजेन्सी । फोर्ब्सले गत मंगलबार विश्वभरका सबैभन्दा शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ ।  यसवर्षको शक्तिशाली महिलाहरुको सूचीमा “जर्मन चान्सलर एन्जेला मर्केल” शीर्ष स्थानमा रहेकी छिन् । फोर्ब्सले यो १७ औं पटक विश्वका शक्तिशाली महिलाको सूची सार्वजनिक गरेको हो ।

युरोपेली केन्द्रीय बैंककी अध्यक्ष ‘क्रिस्टिन लागार्ड’ दोस्रो स्थानमा छिन् । भने तेस्रो स्थानमा अमेरिकाको उपराष्ट्रपतिका लागि निर्वाचित भएकी ‘कमला ह्यारिस’ रहेकी छिन्  यस्तै एण्ड मेलिण्ड गेट्स फउण्डेशनकी संस्थापक ‘मेलिण्डा गेट्स’ पाँचौं स्थानमा छिन् । फोर्ब्सका अनुसार यस वर्ष सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रणका लागि महिलाहरुले खेलेका भूमिकालाई शक्तिशाली महिलामा छनोटको आधार बनाइएको बताएको हो ।

कोरोना महामारी नियन्त्रणको लागि महत्वपूर्ण भूमिका खेलेका महिलाहरुमा न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डन शक्तिशाली महिलाको सूचीमा ३२ औं स्थानमा छिन् । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिया सूचीको ८५ औं स्थानमा छिन् । त्यस्तै ताइवानकी राष्ट्रपति साइ इङ–वेन ३७ औं स्थानमा छिन् । भारतीय अर्थमन्त्री निर्मला सितारमण सूचीको ४१ औं स्थानमा छिन्।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सकी सभामुख नेन्सी पेलोसी सातौं स्थानमा छिन् । बंगलादेशकी प्रधानमन्त्री ‘शेख हसिना’ सूचीको ३९ औं स्थानमा छिन् । विश्वकी सबैभन्दा धनी महिला ‘म्याकेन्जी स्कट’ सूचीको ६७ औं स्थानमा छिन् ।

फोर्ब्सले यस वर्षको शक्तिशाली एकसय महिलाहरुको सूचीमा विश्वभरका ३० मुलुकहरूका महिलाहरु अटाएका छन् । जसमा १० महिलाहरु राष्ट्र प्रमुख छन्,भने ३८९ महिलाहरु विभिन्न कम्पनीहरुको सीईओ छन्। पाँचजना मनोरञ्जन क्षेत्रका महिला छन् । यस वर्ष यो सूचीमा १७ नयाँ महिलाहरुको नाम समावेश भएका भएको फोर्ब्सले जनाएको छ।

अनुवाद: सुजन तिमल्सिना


Loading comments...