इमरान खानलाई बर्खास्त गर्न माग गर्दै पाकिस्तानको सर्वोच्च अदालतमा मुद्दा दायर


इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई बर्खास्त गर्न माग गर्र्दै पाकिस्तानी सर्बोच्च अदालतमा मुद्दा दायर भएको छ ।

न्यायाधिश काजी फेज ईसाकी श्रीमती सरिना ईसाले पाकिस्तानी प्रधानमन्त्री खानलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराउनुभएको हो । वहाँले खानलाई हटाउनुपर्नाका कारणहरुको लामो सूची पेश गर्दै गर्दै खानले कर छली गरेको, तीन छोराछोरीको सम्पत्ति सार्वजनिक नगरेको, अबैध रुपमा कानुनी रुपले सुरक्षीत दस्तावेजहरु प्राप्त गरेको लगायत आरोपहरु लगाउनुभएको छ ।

दर्ताभएको मुद्दा ‘नयाँ पाकिस्तान’को नारा लगाएर सत्तामा पुगेपनि खान सत्तामा पुगेपछि आफूले निर्वाचनमा गरेको प्रतिबद्धताहरु सुशासन, सामाजिक क्रान्ति, आर्थिक विकास, कृषि क्षेत्रको उत्थान, र पाकिस्तानी राष्ट्रिय सुरक्षाको सुनिश्चितताजस्ता मुद्दामा असफल हुँदै गएको आरोप लागाइएको छ ।

उनले जनतासँग गरेको वाचा भुलेको भन्दै सडक प्रदर्शनहरु पनि भइरहेको छ । खान सम्पूर्ण रुपमा असफल भएको भन्दै विपक्षी गठबन्धनले पनि खानले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएको छ । विपक्षी दलहरुको सर्वदलीय सम्मेलनले मार्फत् २ महिना अघिनै २६ बुँदे संयुक्त सम्झौता पत्र सार्वजनिक गर्दै खानबिरुद्ध आन्दोलनको घोषणा गरिसकेको छ।

स्रोतः द एक्सप्रेस ट्रिब्यून


Loading comments...