
एन्फाले बढायो खेलाडीको तलब, पुरुष र महिलाले समान तलब पाउने
२५ मंसिर २०७७, बिहीबार २२:५७
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पुरुष तथा महिला खेलाडीको तलब वृद्धि भएको छ । बिहीबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले खेलाडीको तलब वृद्धि गर्दै पुरुष र महिला खेलाडीलाई समान तलब दिने निर्णय गरेको हो ।
अब खेलाडीहरुले समान १८ हजार पाउने निर्णय गरेको छ । यसअघि राष्ट्रिय पुरुष टोलीका खेलाडीले मासिक १५ हजार र महिला खेलाडीले ७ हजार तलब पाउँदै आएका थिए ।
यस्तै, फिफा रेफ्रिको तलब ६ हजारबाट बढाएर १० हजार बनाउने निर्णय एन्फा कार्यसमितिले गरेको छ । कर्मचारीको तलबका विषयमा भने अझै कार्यदल गठन गरी टुङ्ग्याउने एन्फाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा उत्पादन भएको कोरोनाविरुद्धको खोप प्राप्त गर्ने नेपाल पहिलो मुलुक हुने दृढ प्रतिबद्धता
ओस्लो । युरोपियन मुलुक नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको फाइजर खोप लगाएका २३ जनाकफ मृत्यु भएको छ । नर्वे न्युजका
ललितपुर । सामाजिक सञ्जाल मार्फत ठगी गर्ने २ जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा पकाहामैनापुर गाउँपालिका-४ ठेगाना
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नांगै हुँदा पनि हाँसिरहेको भन्दै आश्चर्य प्रकट गरेका छन् । अनेरास्ववियूले