Lifestyle Portal
  •   २८ श्रावण २०७९, शनिबार

अमेरिकी उच्च अधिकारी भन्छन्, “पाकिस्तानले हिन्दू र इसाई महिलालाई उपपत्नीको रूपमा चिनियाँ बजारमा लगेको छ”

२६ मंसिर २०७७, शुक्रबार १६:३०

लोकप्रिय

THE DAILY GUARDIAN – द डेली गार्जियनमार्फत् धार्मिक स्वतन्त्रताको लागि आवाज उठाउदै आएका अमेरिकी कूटनीतिज्ञ शमूएल ब्राउनब्याकले पाकिस्तानले चीनमा हिन्दू र ईसाई महिलालाई सहायक पत्नीको रूपमा जबरजस्ती चीनको बजारमा लगेको खुलासा गरेका छन ।

ब्राउनब्याकले पत्रकारहरुसङ्ग कुराकानी गर्दै भने, “चिनियाँ पुरुषहरुका लागि सहायक पत्नीको एक स्रोत पाकिस्तानका धार्मिक अल्पसंख्यक ईसाई र हिन्दू महिला हुन् । उनीहरुलाई उपपत्नीको रुपमा बजारमा ल्याइन्छ र चीनमा दुलहीको रुपमा जबरजस्ती पुर्याइन्छ।”

उनले पाकिस्तानमा धार्मिक अल्पसंख्यकको बिरूद्ध चरम भेदभाव रहेको पनि छ दावी गरेका छन्। ब्राउनब्याकले अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता ऐन अन्तर्गत पाकिस्तानलाई अमेरिकामा विशेष चिन्ताको (सीपीसी) देश को रुपमा सुचीबद्ध गरिएको कारणहरु मध्ये एक कारण यो पनि रहेको प्रष्ट पारे।उनले पाकिस्तानमा कारागारमा जिवन बिताईरहेका आधा कैदीहरू धर्मत्याग वा ईश्वरनिन्दाको आरोपमा कैद गरिएको समेत आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १०० औं स्वतन्त्रता दिवस आउनु अघिसम्म सरकारले नव भारत बनाउने लक्ष्य

भारतको हरियाणास्थित सोनीपतमा राष्ट्रिय कुस्तीवाज निशा दहिया, उनको २१ वर्षिय भाई, ८ वर्षिय एक बालक तथा आमा लगायत घरका ६

एजेन्सी, उत्तर प्रदेश । भारतीय कांग्रेसकी महासचिव प्रियंका गांधी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा किसानमाथी भएको हिंसाका

एजेन्सी, नोम पेन । राजनीतिक दलका नेताबिरुद्ध गालीग्लौज गरेको अभियोगमा कम्बोडियामा एक किशोरलाई कैद गरिएको छ । सत्तारुढ पार्टीका नेताबिरुद्ध