Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार

कतार पुग्यो घुम्ने कुर्सी

२५ मंसिर २०७५, मंगलवार १८:१५


देख्दा जस्तो सहज ब्यबस्थापन पक्कै हुँदैन । अझ जब टिभीमा हामीले देखेका कार्यक्रम अनि भिडियोका कुरा आँउछन तब नेपथ्यमा भएका हजारौं कोशिस अनि कथाहरु ओझेलमा धेरै परेको पाइन्छ ।द भ्वाइस बिश्वप्रसिद्ध रियालीटी शो हो जो बिश्वका धेरै देशहरुमा लोकप्रीय पाइन्छ । कुनाकन्दरामा भएका आवाजहरुलाई एउटा आवाजको साझा मञ्च प्रदान गर्ने गर्दछ भ्वाइस ले ।


अनुहार हैन आवाजको कदर गर्दै भ्वाइसले शुरुवाती श्रृखलामै ब्लाइण्ड अडिशन मार्फत गायकी मात्र सुन्ने अनि पछि गायकी सकेपछि मात्र कोचहरुले गायकको अनुहार देख्ने प्रावधान राखिन्छ । द भ्वाइसका कुर्सीहरु जसमा कोचहरु बस्दछन् ति अलिक बिशेष पाइन्छ । ति कुर्सीहरु अगाडि र पछाडि घुम्ने अनि बजर जडित हुन्छन् जसलाई थिचेमा कुर्सीमा आई वान्ट यू भन्ने बत्ति बल्दछ अनि घुम्छ पनि ।
यसपालाको द भ्वाइस अफ नेपाल सिजन १ को फाइनल कतारमा हुँदैछ अनि आयोजकले कार्यक्रममा ति कुर्सीहरु कतारमा पनि पूर्याएका छन् । ति कुर्सीहरुमा बसेर ब्लाइण्ड अडिशन बाट ब्याटल अनि लाइभ र सेमीफाइनल हुँदै फाइनलसम्म कोचहरुले अनि तिनका समुहले बिभिन्न आरोह अवरोह देखेका छन् । द भ्वाइसको साक्षी ति कुर्सीहरु कतारमा जडान गरिँदै गर्दाका केही तस्बीरहरु आज यहाँ प्रस्तुत गर्न चाह्यौं ।

प्रस्तुत तस्बीरहरुमा बिदेशी कामदार द भ्वाइसको कुर्सी जडानमा ब्यस्त देखिन्छन् । आगामी शुक्रबार हुने फाइनलमा कतारमा रहेका नेपालीजन लगायत ७९ वटा देशका गैर आवासिय नेपाली प्रतिनिधीहरु आउने कार्यक्रम रहेको छ । नेपाल बाहिर भएको नेपाली कार्यक्रमहरुमा द भ्वाइसको यस फाइनल कार्यक्रमलाई अहिलेसम्मकै ठूला कार्यक्रमहरु मध्य आँकेको पाइन्छ । हजारौं कतारी प्रहरीहरुको सुरक्षाघेरामा यस फाइनल आयोजना गरिँदैछ । आयोजना स्थल अगाडी दर्जनौंको सख्याँमा टिकट काउण्टर अनि खानेकुराका काउण्टर पनि राखिएको बताइएको छ ।
नेपालमा ३० वटा श्रृखला सकाएर द भ्वाइसको सम्पूर्ण क्रु सदस्यहरु अहिले कतारमा अहोरात्र खटिएका छन् ।
द भ्वाइस परिवारलाई शुभकामना ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै