Lifestyle Portal
  •   १३ माघ २०७९, शुक्रबार

कोभिड पोजिटिभ र नेगेटिभको गोलचक्करमा रुमल्लिनु भन्दा आफूमा देखिएका लक्षणलाई महसुस गरौं

२८ मंसिर २०७७, आईतवार २०:३१

लोकप्रिय

काठमाडाैं । कोभिड निमोनियाको लक्षण लिएर मंसिर ११ मा अस्पताल आउनु भएकी ५० वर्षीया एकजना आमाको पीसीआर नेगेटिभ थियो । तत्काल गरिएको एन्टिजेन टेस्ट नेगेटिभ नै आयो । अन्तत: एन्टिबडी टेस्ट पनि पोजिटिभ आयो । यसको अर्थ हो, उहाँको शरीरमा कोभिड एन्टिबडी तयार भइसकेको थियो ।

पीसीआर र एन्टिजेन नेगेटिभ अनि एन्टिबडी पोजिटिभ भएको बिरामीलाई कसरी कोभिड अस्पतालमा उपचार गर्ने त? हामी धर्म संकटमा पर्‍यौं । तर, कोभिडले श्रीमान सिकिस्त हुँदा हेरचाह गरेको (संक्रमितसँग प्रत्यक्ष सम्पर्क) र एक्सरेमा कोभिड निमोनिया रहेको आधारमा आईसीयूमा राखेर उहाँको उपचार थालियो ।

आईसीयूमा एक साता र वार्डमा उपचारपछि उहाँ १५ दिनका दिन डिस्चार्ज हुनुभयो । यो घटनाले हामीलाई झक्झक्याएको छ । लक्षण देखिएका तर पीसीआर नेगेटिभ व्यक्ति सचेत हुन जरुरी छ । परीक्षण नेगेटिभ आएपछि कोभिड नै होइन भनेर निमोनिया भइसकेका बिरामी कोभिडको उपचारबाट वञ्चित हुने अवस्था आउन सक्छ ।

लक्षण भएका तर, अस्पताल ढिलो आइपुग्ने बिरामीलाई पीसीआर नेगेटिभ देखिए पनि निमोनियाले गाँजेको हुन सक्छ । ५० वर्षीया आमाजस्तै पीसीआर नेगेटिभ अन्य केही कोभिडका बिरामी उपचाररत हुनुहुन्छ । त्यसैले पीसीआर नेगेटिभ छ भनेर वास्तै नगर्ने र पोजिटिभ आउनासाथ बिरामी भएँ भन्दै आत्तिने काम नगरौं ।

विश्वव्यापी पछिल्ला अनुसन्धानले कोभिड-१९ को संक्रमण पुष्टि भएको ९ दिनपछि शरीरमा जीवित भाइरस नरहने देखाएका छन् । त्यसैले कोभिड पोजिटिभ र नेगेटिभको गोलचक्करमा रुमल्लिनु भन्दा आफूमा देखिएका लक्षणलाई महसुस गरौं । कडा लक्षण छन् भने अस्पताल पुग्न ढिला नगरौं । आफू बचौं अरूलाई पनि बचाऊँ!

सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोलाको टुइटरबाट

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई