Lifestyle Portal
  •   २५ माघ २०७९, बुधबार

विश्वभर ५ करोडभन्दा बढीले जिते कोरोना भाइरसको संक्रमण

२९ मंसिर २०७७, सोमबार १०:०४

लोकप्रिय

काठमाडौँ। विश्वभर ५ करोडभन्दा बढी व्यक्ति कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा कोभिड-१९ को खोप पनि विकास भइसकेको छ । यद्यपि खोप नै प्रयोग नगरी संक्रमण मुक्त हुनेको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ५४ हजार ७९७ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ८ लाख ५९ हजार ४३८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ३७ हजार ३६१ जनामा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ७ करोड २६ लाख ३८ हजार नाघेको छ ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १६ लाख १८ हजार नाघेको छ ।

बितेको २४ घण्टामा ७ हजार ५८२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै १६ लाख १८ हजार ७५० संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

हाल विश्वमा २ करोड १ लाख ६० हजार ७७६ सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ६ हजार १८६ जना गम्भीर बिरामी छन्।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ६७ लाख नाघेको छ । त्यहाँ अहिलेसम्म ३ लाखभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई