नयाँ वर्ष नजिकिदै गर्दा भारतद्वारा RTGS लागू, डिजिटल कारोबार गर्नेहरुका लागि उदार


डिजिटल कारोबार गर्नेहरुका लागि भारत सरकारले उदारता देखाएको छ। भारतीय रिजर्व बैंकले भोली देखि २४ सै घण्टा रियल टाइम ग्रोस सेटलमेन्ट (RTGS)को सुविधा प्रदान गर्ने घोषणा गरेको हो । यो सेवा १ डिसेम्बर राति १२:३० बजे देखि सेवाग्राहीका लागि उपलब्ध हुनेछ ।

भारतीय रिजर्व बैंकले आरटीजीएस सुविधा १ डिसेम्बरदेखि दिनको २४ सै घण्टा उपलब्ध हुने घोषणा गरेको छ। यसको अर्थ सेवाग्रहीहरूले अब उपरान्त आरटीजीएस मार्फत कुनै पनि समयमा पैसा हस्तान्तरण गर्न सक्नेछन । यसपश्चात् भारत ती देशहरूको सुचीमा समावेश हुनेछ, जहाँ आरटीजीएस सुविधा २४ सै घण्टा उपलब्ध छ।

आरबीआईका गभर्नर शक्तिकान्त दासले कोरोना युगमा अनलाइन लेनदेनमा उल्लेखनीय वृद्धि भएकोले आरबीआईले आरटीजीएस सुविधा २४ सै घण्टा उपलब्ध गराउने निर्णय गरेको बताए। आरबीआईले भारतीय वित्तीय बजारको तर्फबाट वैश्विक एकीकरणको प्रयासलाई सहयोग पुर्‍याउन आरटीजीएसको समय विस्तार गर्ने निर्णय गरेको पनि उनले भने।

आरटीजिएस डिजिटल कोष स्थानान्तरणको एक विधि हो। यसको मद्दतबाट पैसा एकदमै छोटो समयमा हस्तान्तरण हुन्छ। आरटीजीएस मुख्य रूपमा ठूलो रकम स्थानान्तरणको लागि प्रयोग गरिन्छ। यस मार्फत न्यूनतम २ लाख र अधिकतम १० लाख भारतीय रूपैयाँ पठाउन र प्राप्त गर्न सकिन्छ ।


Loading comments...