Lifestyle Portal
  •   २१ माघ २०७९, शनिबार

मानव बेचविखनमा संलग्न फरार प्रतिवादी पक्राउ

२९ मंसिर २०७७, सोमबार २२:३९

लोकप्रिय

काठमाडौं । मानव बेचविखनमा संलग्न फरार रहेका प्रतिवादी काठमाडौं महानगरपालिका-७ कुमारीगाल बस्ने सिन्धुपाल्चोक साविक सिन्धुकोट गाविस-२ स्थायी घर भएकी ५० वर्षीया अनिता तामाङ भन्ने अनिता सुनुवारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

 

२०७३ चैत ३ गते वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारी ५ जनालाई गैरकानूनी तवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत, दुवई, कतार, मोजाम्बिक हुँदै साउथ अफ्रिकासम्म पुर्याई बिक्री गरी शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४/५ महिनासम्म बन्धक बनाएको घटनामा संलग्न रहेकी उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ चावहिल कुमारीगालबाट पक्राउ गरेको हो ।
साथै सोही घटनामा संलग्न ताप्लेजुङ, मिरिङदेङ गाउँपालिका-४ स्थायी घर भएका ४३ वर्षीय गणेश कुमार लोंवालाई सोही व्यूरोबाट खटिएको प्रहरीले मङ्सिर १६ गते पक्राउ गरेको थियो ।
उनीहरु उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई