Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार

सहनुको सीमा कटेपछि कानुनी बाटो अपनाउँदै छु

२९ मंसिर २०७७, सोमबार २२:५०


काठमाडाैं ।  प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु ! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईंहरुले पठाउनु भएका कृया प्रतिकृयाप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

१. झन्डै तीन बर्षअघि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर, कानुनी रुपमै आ-आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यामबाट बारम्बार गाली बेईज्जती गर्ने क्रम रोकिएन । एउटा सार्वजानिक र जिम्मेवार नागरिककाे नाताले अहिलेसम्म मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अभिवाभकको नाताले चुपचाप सहेँ । तर, यो गाली बेईज्जती, अनावस्यक तनावको श्रृँखलाले बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो । त्यसैले बाध्य भएर केही प्रष्टिकरण गर्न भएको छु ।

२. सकिएकाे सम्बन्धकाे अाधारहिन अाराेप र प्रत्याराेपले मेरा छाेराछाेरीलाई धेरै ठुलो असर गर्न थालेकाे महसुस हुँदैछ । मेरो चरित्रमाथी खेलवाड भएको ठान्दैछु । अब मैले अदालतमा बुझाउन अाबश्यक नठानेकाे मेराे डिभाेर्सकाे कारण र प्रमाणलाई अब सार्वजानिक गर्न बाध्य भएको ठान्दैछु । सहनुको सिमा कटेपछी कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगाेमा पुगेकोछु ।

३. अंश सहित आफुसँग बस्न लगेकी छोरी डिभोर्सको ८ महिनामै आमासँग बस्न नरुचाएर घर फिर्ता आएकी छिन् जुन मैले पहिलो पटक सार्वजानिक गर्दैछु । अर्को पक्षले भनेझैं हामी बिच कुनै लेनदेन बाँकी छैन छाेरीकाे नाममा लगेकाे अंश बाहेक । तर, सामाजिक सन्जालमा अर्को पक्षबाट बारम्बार ममाथी हुने अनावस्यक टीका टिप्पणी, युटुबमा उनिहरुका फोटोको दुरुपयोगले मेरा सन्तान पढाइ र जीवन आघात परिरहेको छ ।

४. युट्युबर तथा अनलाईनका साथीहरु, तपाईंहरुलाई पनि यही स्टाटसबाट अनुराेध गर्दछु- मेरो नाम, फोटो र प्रसङ्ग जाेडेर कसैसँग ‘अन्तर्वार्ता’ लिँदै गर्दा आफ्ना सन्तानलाई सम्झनोस्, पत्रकारिताको नियमलाई याद गर्नोस् । अनि, देशकाे कानुनलाई मनन गर्नोस् भन्ने अनुरोध गर्दछु जसले भोलि कानुनी अप्ठेरो नपरोस् ।

५. याे पोष्ट तथा कदम मेरा सन्तान, साथीभाइ तथा शुभचिन्तककाे धेरै पटककाे अाग्रह पछि लेख्दैछु । अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु । चासो र चिन्ताका लागि धन्यबाद

मनाेज गजुरेलकाे फेसवुकबाट

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा