
अध्यादेश संबिधान र लोकतन्त्रको मर्म विपरित छ, फिर्ता हुनुपर्छ – भीम रावल
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सांसद भीम रावलले सरकारले जारी गरेको अध्यादेश संबिधान र लोकतन्त्रको मर्म विपरित रहेको बताएका छन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै नेता रावलले अध्यादेश फिर्ता हुनुपर्ने बताउदै आफ्नै शपथ र जनताका सामु गरेको बाचा विपरीतको स्वेच्छाचारी काम भएको टिप्पणी गरेका छन् ।
उनले भनेका छन् –
संसदको अधिवेशन बोलाउनु पर्ने र सरकारको नेतृत्व गरिरहेको नेकपा, स्थायी कमिटीको बैठक चलिरहेको बेला जसरी संवैधानिक परिषद् ऐन संशोधन अध्यादेश जारी गरियो यो संविधान र लोकतन्त्रको मर्म विपरीत, आफ्नै शपथ र जनताका सामु गरेको बाचा विपरीतको स्वेच्छाचारी काम हो।अध्यादेश फिर्ता हुनुपर्छ ।