Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

मिथिला के धियासिया जगत जननी भेली

२६ मंसिर २०७५, बुधबार १२:३८


मैथिली पात्रोको अग्रयाना महिनाको शुक्लपक्ष को पञ्चमीका दिन राम र सीताको पवित्र बिवाहबन्धन भएको हो । हजारौं वर्ष बितिसक्दा पनि उक्त बिवाहको रौनक अनि शानमा कुनै कमी आएको छैन् । अयोध्या नन्दन राम अनि जानकी पुत्री सीताको यो बिवाह बन्धनमा रामायण मिसीएको छ । लंकाका रावण देखि अहिलेको इण्डोनेसीया वालीका वाली सम्म रामायणमा भएका चरितार्थ पात्रहरु हुन् । रामायणको यो एतिहासिक अनि सास्कृतिक महत्वलाई बिवाहपञ्चमीले आज सम्म पनि धानेको छ ।
आजका दिन सम्म पनि बिवाहपञ्चमीमा सरिक हुन भारतको अयोध्याबाट काइदा एकहुल जन्त नेपालको जनकपुरमा आँउछन् । रितपूर्वक रामसीताको बिवाह गरेर डोली लिएर फर्कन्छन् ।


मिथिलामा आज रौनक छ अनि मिथिला वासी हरु पुलकित छन् । अयोध्याबाट आउने सबै जना जन्तहरुलाई स्थानीय भाषामा पौना भनिन्छ, पौना अर्थात ज्वाँई, मिथीलानगरि आफ्ना अयोध्याका पाहुनाहरुलाई हरेक वर्ष आफ्नो भूमिमा स्वागत गर्न पाँउदा खुशी छ ।
जनकपुरको इतिहास अनि सम्पदाको लावालस्कर पौराणिक कालदेखि नै भिन्न अनि बिशेष छ । जनक राजाको यो नगर आज पनि पोखरी, कुण्ड अनि रामसीताका गाथा र मन्दिरको साथमा शिर ठाडो पारेर उभिएको छ । बिश्वभरिका हिन्दु सनातन धर्मावलम्बीहरुको आस्थाको केन्द्रमा रहने थोरै मात्र शहरमा जनकपुर पनि त पर्दछ । यसपाला त बिवाहपञ्चमीमा भारतका भारत उत्तरप्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथ पनि बिवाहपञ्चमीमा जनकपुर आँउदैछन् ।

आज जनकपुरको जानकी मन्दिर नै एउटा बिवाहको मण्डपमा परिणत भएको छ, हप्ता दिन अघि देखि नै बिवाहको रौनक लागेको छ शहरमा । शहरमा जनसमुदायले स्वस्फूर्त रुपमा राम अनि सीता बनाएका बालबालिकालाई दुलहा दुलही झैं सजाएर जन्त पर्सने गर्दछन् । सीतको स्वयम्बरको चर्चा अझै बिशेष छ, धनुँवाण भाँचेका बलवान श्री रामले भाँचेको धनुवाणका अवशेष जनकपुर अलि परतिरको धनुषाधाममा पुगेको बिश्वास पनि छ । धनुषाधाम पनि रामायणको किस्साहरुमा एउटा महत्वपूर्ण ठाँउ हो ।
आज जनकपुरको १२ बिग्घा मैदानमा बिशेष चहलपहल छ । हजारौं वर्ष देखि चलिआएको यो चलन बिश्वमा नै दुर्लभ पाइन्छ । नेपाल मात्र यस्तो देश हो जस्ले सस्कार अनि सभ्यताका कुराहरु अनि भगवानका गाथाहरुलाई आफ्ना क्रियाकलापहरुलाई दर्शन अनि सनातन सस्कारसंग जोडेर राखेको छ ।
यस वर्षको बिवाहपञ्चमीको शुभकामना ।
जय सियाराम

मिथिला के धियासिया जगत जननी भेली

धन्य मिथिक भूमि घर घर ऋषि मुनि
दूल्हा जगतपति राम यो ।
मिथिला के धिया सिया जगत जननी भेली
धरनी बनल सुरधाम यो ।।

-सुयोग ढकाल


मिथिलाबाट केही ताजा तस्बीरहरु केवल लाइभमाण्डु मा ।
तस्बीर सरोज यादव जनकपुर

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं- ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब

काठमाडौं- टुलिका कलाले क्युरेट गरेको कला प्रदर्शनी ‘खोलो २ (५)’ १७ गते मंगलबारबाट सुरु हुने भएको छ। ‘खोलो २ (५):

काठमाडौं। लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तरगत ओरेक नेपालको आयोजनामा शैली थिएटरले कचहरी नाटक ” तैं चुप, मैं चुप”

आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन । बिहानबाट मेरो बाबा स्वर्गीय कामता प्र. उपाध्यायलाई साम्झिरहेको छु । मेरो कला