
नेहा फोर्ब्स सूचीको शीर्ष स्थानमा
काठमाडाैं । गायिका नेहा कक्कड फोर्ब्सको सूचीको शीर्ष स्थानमा पर्न सफल भएकी छिन् । सामाजिक सन्जालमा सबैभन्दा प्रभावशाली सेलिब्रिटीको सूचीको पहिलो स्थानमा उनी पर्न सफल भएकी हुन् ।
आफ्नो व्यक्तिगत जीवनलाई सामाजिक सन्जालमार्फत फ्यानससम्म पुर्याउने उनले यो खुसीको खबर पनि सामाजिक सन्जालमै पोस्ट गरेकी छिन् ।
फोर्ब्सको यो सूचीमा १२ जना भारतीय मात्रै पर्न सफल भएका छन् । जसमा अमिताभ बच्चनजस्ता चर्चित हस्तीहरुलाई उछिन्दै नेहा पहिलो स्थानमा आएकी हुन् ।
उनले लेखेकी छिन्, “स्वयंप्रति निकै गर्वान्वित छु । तपाईंहरुलाई थाहा छ, यो सूचीमा अमिताभ बच्चन सर र शाहरुख सर गरी मात्रै १२ भारतीय परेका छन्, जसको हिस्सा म पनि भएको छु । धन्यवाद भगवान् ! तपाईंहरु सबैलाई पनि धन्यवाद ।”
हालै विवाह गरेकी नेहाको यो खुसीमा उनका पति तथा गायक रोहनप्रित सिंहले पनि बधाई व्यक्त गरेका छन् ।
-नवभारत टाइम्स