कोदोको खीर बनाएर नेपाली सेफ सन्तोष शाह बीबीसी मास्टर सेफको टप ४ मा पुग्न सफल


लण्डन । बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके २०२०’ को दोश्रो चरणको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै सन्तोष शाह टप ४ मा पुग्न सफल भएका छन् ।
नेपाली मूलका ब्रिटेनमा बसोबास गर्ने सेफ सन्तोष बबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणको फाईनलमा प्रवेश गर्न सफल भएका हुन् ।
धेरै जसो बेलायतमै जन्मेका सेफहरू सहभागी रहेको सो प्रतिस्पर्धी उनले चुनौतीको रुपमा लिएको बताए ।

लण्डनको प्रख्यात सेफहरु सग प्रशिक्षणसँगै काम गरिसकेका सन्तोष मास्टर सेफ प्रोफेशनल यूके मार्फत नेपालका विभिन्न प्रकारका खानालाई विश्वभरका लाखौँ मानिसहरुलाई परिचित गराएर अन्तर्राष्ट्रिय रुपमा अघि बढाउने उनको लक्ष्य लिएका छन् ।

सन्तोषले मास्टर सेफको टप ६ प्रतिस्पर्धीमा सन्तोषले खरायोको मासु , डिजर्टको रुपमा कोदोको खीरसंगै आँपको कुल्फी र तराईमा प्रचलित तर ( लोप भएको ) आँपको ‘अमौरा’ बनाएका थिए ।


Loading comments...