
सन्तोस साह ‘बीबीसी मास्टर सेफ यूके–२०२०’को अन्तिम चारणमा, फाइनल भोली
काठमाडौं। उत्कृष्ट नेपाली परिकारमार्फत निर्णायकहरुलाई आश्चर्यमा पार्दै आएका हाल लन्डनमा बस्ने नेपालका शेफ सन्तोष साह मास्टरसेफको सिर्श ३ भित्र पर्न सफल भएका छ्न । उनले ‘बीबीसी मास्टर सेफ यूके–२०२०’ को फाइनल राउन्डमा चल्दै छ । यहि हप्ता मास्टर सेफ युके छानिदै छ्न ।
आज बिहिवार युकेको समयमा रातिको ९ बजे, उनी अन्य चार प्रतिस्पर्धी सेफहरुसँग यो वर्षको हिट बीबीसी टीभी सिरिज प्रोफेसनल मास्टरसेफ युकेको फाइनलका लागि भिडेका थिए । र बाकी 4 जनाबाट 1 जनालाई पछि पार्दै शीर्ष 3 मा परेका हुन ।
उनले यस पटक भुटेको खुर्सानी र नुन, बासी भात शैलीमा भुटेको चिउरा, गोल्डडेन पुरी, गंगटाको करी, साँधेको भटमास, रायोको साग, जिम्बुले मोलेको पोलेको खसीको मासु, पुदिना पराठा, क्रिस्पी प्याजको परिकार बनाएका थिए ।
‘टप ४ जना भित्र पर्ने बेला सम्म त जित्छु जस्तो लागेको थिएर तर अब चाहिँ जित्नै पर्छ भनेर लागेको छु’ बीबीसी मास्टर सेफ युके जस्तो कार्यक्रममा नेपाली मत्र खाना पस्किएका शाह भन्छ्न ‘यो जितले मेरो मात्र जित हुदैन मैले जिते भने समग्र नेपाली खानाको जित हुन्छ ।’
बिबिसीले गर्ने उक्त प्रतियोगिताको प्रथम हुनेले यति पुरस्कार पाउने भनेर तोकिएको हुदैन । उक्त प्रतियोगिता ‘‘बीबीसी मास्टर सेफ यूके’ टाइटलकै लागि हुने गरेको छ ।
सिरहाका सन्तोष साह यूके मास्टरसेफ सम्म पुग्दाको सङ्घर्शको ठुलै पहाड चडेर पुगेको बताउछन् ।
सानै उमेरमा बाबु गुमाएका साह एसएलसीमा फेल भए पछि धन कमाउनको लागि भारत गएर भाडा माझ्ने काम गर्न लागेका थिए ।