
स्वादे जिब्रोहरुका लागि ‘द स्पाइस लन्ज’ अब सोर्ह्रखुट्टेमा पनि
काठमाण्डौ । लामो समयदेखि स्वादका विभिन्न विकल्पहरुका साथ सेवा दिंदै आएको युवाहरुद्वारा संचालित ‘द स्पाइस लन्ज रेष्टुरेन्ट एण्ड बार‘ को नयाँ आउटलेट काठमाण्डौको सोर्ह्रखुट्टेमा विस्तार गरिएको छ । स्वादे जिब्रोहरुका लागि ‘द स्पाइस लन्ज’ परिचित नाम हो ।
आफ्नो ग्राहकहरुलाइ छिटो, छरिटो र सुपथ मूल्यमा सेवा दिनुपर्छ भन्ने सोच लिएको ‘द स्पाइस लन्ज रेष्टुरेन्ट एण्ड बार’ ले सन् २०१५ मा बुटवलबाट आफ्नो यात्रा शुरु गरेको हो। पहिलो शाखा खोलेको दुई वर्ष लगत्तै यसले काठमाण्डौंको मिनभवनमा शाखा बिस्तार गर्न सफल भएको छ । पारिवारिक वातावरण एंव कडा मिहिनत अनि लगनशीलताका साथ अगाडि बढदै बिगत ५ वर्षमा द स्पाइस लन्जले आफ्नो रेष्टुरेन्टमा खाना मात्र होइन, करिब २०० भन्दा बढि कार्यक्रम, भेला जमघटहरु तथा समारोहहरु पनि सम्पन्न गरिसकेको छ । ति मध्ये सेलिब्रेटी म्यानेजमेन्ट नेपालको एल्बम बिमोचन तथा अन्य कार्यक्रमहरु, साथै अहिलेको युवाहरु माझ लोकप्रिय YouTube च्यानल ‘नेप–ग्याजम’ को स्ट्याण्डअप, कमेडी समाचार लगायतका कार्यक्रमहरु पनि द स्पाइस लन्जमा तयार हुँदै आएको छ ।
विश्वभरी फैलिएको कोभिड–१९ ले गर्दा सबै व्यापार–व्यवसायलाई असर त गरेको नै छ, तथापि यो विषम परिस्थितिमा पनि आफ्नो ग्राहकहरुको खुशीलाई ध्यानमा राखी काठमाण्डौंको सोर्ह्रखुट्टेमा द स्पाइस लन्जले आफ्नो नयाँ रेष्टुरेन्ट विस्तार गरेको छ । आन्तरिक तथा वैदेशिक पर्यटकको मुख्य केन्द्र ठमेल नजिक रहेको क्षेत्र सोर्हखुट्टे, नया बजार स्थित यस शाखामा प्रशस्त ठाँउ अनि पारिवारिक वातावरणको साथ विभिन्न सभा–समारोह पनि आयोजना गर्न सकिने छ । यस शाखाको शुभारम्भ यही पौष ३ गते शुक्रबार हुँदैछ । स्वादप्रेमी ग्राहकहरु आएर आफ्नो प्रतिक्रिया सल्लाह सुझाव दिन संचालकले अनुरोध गरेका छन् ।