नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या, ४ वर्षपछि हिरासतको बास


काठमाडौं । नक्कली फेसबुक आइडी बनाएर महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको हाँडीगाउँका कुमार प्रधानलाई पक्राउ गरेको हो ।

०७२ पुस २४ गते नक्कली आईडीबाट प्रधानले ललितपुरको जावलाखेलकी महिलालाई फेसबुकमा जथाभावी लेखेर चरित्र हत्या गरेका थिए । पीडितको जाहेरीको आधारमा ०७३ असार २० गते काठमाडौं जिल्ला अदालतले उनलाई ५० हजार जरिवाना र ४ महिना कैदको फैसला गरेपछि फरार भएका थिए ।

खोजतलास गर्नेक्रममा बिहीबार उनलाई हाँडीगाउँबाट पक्राउ गरिएको जनाएको छ ।


Loading comments...