
१८ प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ पुगे?
३ पुष २०७७, शुक्रबार २२:००
काठमाडौं। गृह मन्त्रालयको शुक्रबारको मन्त्रीस्तरीय बैठकले १८ कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै बैठकले १८ जना प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको जनाएको छ ।
बैठकले गृह मन्त्रालयका सह–सचिव ढुण्डीप्रसाद निरौला र बासुदेव दाहाललाई ललितपुर र धनकुटाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ ।
यस्तै, धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीलाई महोत्तरीमा, पाँचथरका अर्जुनकुमार शर्मालाई रामेछापमा , रामेछापकी रुद्रादेवी शर्मालाई गुल्मीमा सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ ।
यस्तै गृह मन्त्रालयका सह–सचिव मित्रलाल शर्मा खोटाङको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन्। खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा गृह मन्त्रालयमा तानिएका छन् ।
सरुवा हुनेहरूको नामावलीः
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस
विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति