
वामदेवको घोषणा– कुनै भेलामा जान्न
४ पुष २०७७, शनिबार ००:०९
काठमाडौं । नेकपामा गुटगत भेलाले तिव्रता पाएका बेला उपाध्यक्ष वामदेव गौतमले आफू कुनै पनि भेलामा सहभागी नहुने बताएका छन् । गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार उनले अहिले भेला गर्ने समय नभएको जिकीर गर्दै आफू नजाने तर सचिवालयका पाँचसदस्यको बैठकमा भने सहभागी हुने बताएका हुन् । बैठकबाटै सबै समस्याको हल खोज्नुपर्ने गौतमको भनाइ छ ।
“अहिले भेला गर्ने समय नभएको भन्दै नेकपा उपाध्यक्ष क। वामदेव गौतमले भन्नुभयो – म कुनै पनि भेलामा जान्न, पाँच नेताको बैठकमा भने म जान्छु,” सुवेदीले फेसबुकमा लेखेका छन्, “अहिले भेला गर्ने बेला होइन । बैठकबाट सबै समस्याको हल खोज्ने समय हो ।”
शुक्रबार पेरिसडाँडामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुको भेला गरेको थियो । जसमा प्रचण्ड, नेपाल र वरिष्ठ नेता झलनाथ खनाल सम्बोधन गरेका थिए । उक्त भेलामा गौतम सहभागी भएनन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री
काठमाडौं, १४ पुस । सत्तारुढ दलहरुले सरकारको साझा न्युनतम कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेको छ
काठमाडौं – आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मङ्सिर ४ गते हुने सङ्घ तथा
काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा