resham chaudhari

कैलाली जिल्ला अदालतको फैसला उल्टियो, सांसद रेशम चौधरीसहित ८ जनालाई जन्मकैद


काठमाडौं । उच्च अदालत दीपायलले टीकापुर घटनाको मुद्दाबारे कैलाली जिल्ला अदालतको फैसलालाई उल्टाइदिएको छ । विहीबार ९हिजो० उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले उक्त घटना सम्बन्धी मुद्दाको सुनुवाई गर्दै ८ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

कैलाली जिल्ला अदालतबाट सफाई पाएका र कम सजाय तोकिएकाहरुसमेत दोषी ठहर गर्दै उच्च अदालत दिपायलले कैद सजाय थप गरेको हो । अदालतले जन्म कैद तोकेको ११ जनामध्ये कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

त्यस्तै, दुई वर्षअघि कैलाली जिल्ला अदालतले तीन वर्षको कैद सुनाएका थारु अगुवा लक्ष्मण थारुलाई पनि उच्च अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

उच्च अदालतले प्रतिनिधि सभा सदस्य रेशम चौधरी, हरीनारायण चौधरी, प्रदीप चौधरी, वीर बहादुर चौधरी, राजेश चौधरी, सिताराम चौधरी, गंंगाराम चौधरी र लक्ष्मण चौधरीलाई जन्मकैदको सजाय सुनाएको हो ।

 


Loading comments...