अमेरिकी उपराष्ट्रपति माइक पेन्सले लिए कोरोनाविरुद्धको खोप


एजेन्सी । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको छ । उपराष्ट्रपति पेन्सले प्रत्यक्ष टीभी कार्यक्रममार्फत् कोभिड–१९ विरुद्धको खोप लिनुभएको हो ।

दर्शक र चिकित्सकसामुन्ने खोप लिँदै उहाँले, आफूले कुनै खालको खअनौठो अनुभव नगरेको उहाँले बताउनुभएको छ ।

अमेरिकी जनताबीचमा खोपप्रतिको विश्वसनीयता जगाउनुका साथै सुरक्षा र कार्यकुशलता देखाउनु यसको उद्देश्य रहेको जनाइएको छ ।

पेन्सीकी श्रीमती जो सर्जन पनि हुन् जेरोमी अदाम, उहाँले पनि खोप लिनुभएको छ ।

अमेरिकामा सोमबारदेखि कोरोनाविरुद्ध फाइजरको खोप लगाउन थालिएको हो । अमेरिकाले मोडेर्ना कम्पनीको खोप पनि प्रयोगकालागि अनुमति दिएको छ । खोप ९५ प्रतिशत सुरक्षित रहेको जनाइएको छ ।

अमेरिकामा तीन लाख दश हजारभन्दा बढी कोरोनाका कारण मृत्यु हुँदा एक करोड ७० लाख भन्दा बढी व्यक्ति संक्रिमत भएका छन् ।


Loading comments...