बालुवाटार पुगेर विवेकशील साझाका नेताले भने, ‘केपी वली पुस्ताको अन्त्य भयो, अब युवाको पालो’


काठमाडौं । प्रधानमन्त्रीको प्रतिनिधि सभा विघठन गर्ने कदम विरुद्ध विवेकशील साझा पार्टीले बालुवाटारमा प्रदर्शन गरेको छ । प्रदर्शनमा ‘संविधान मिच्न पाईदैन’, सन्काहा प्रधानमन्त्री चाहिँदैन, गैरसंवैधानिक कदम खारेज गर, राष्ट्रपति राजिनामा गर लगायतका नारा लगाएका थिए ।

लामो नारावाजी पछि प्रधानमन्त्री निवास बालुवाटार अगाडी आमसभालाई विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा मिश्रले भने, “तानाशाही प्रधानमन्त्री वलीले संवैधानिक राष्ट्रपति र सर्वोच्च अदालतमा समेत सेटिङ गरेर यो राष्ट्रघाति कदम लिएको” आरोप लगाए ।

संयोजक मिलन पाण्डेले भने प्रधानमन्त्रीको यो संवैधानिक कुबाट केपी वली पुस्ताको नै अन्त्य भएको र अब विवेकशील साझा पार्टीका युवाको युग उदय हुने दाबी गरे । “हजुरबुबा, बुबाले लोकतन्त्रकै लागि लडे । अब हामी शिक्षा, स्वास्थ्य र रोजगारका मुद्दा लिएर राजनीति गर्न आएका थियौँ तर फेरि तानाशाहबाट लोकतन्त्र बचाउन लड्नुपरको छ  ” पाण्डेले भने ।

प्रदर्शनका क्रममा प्रधानमन्त्रीको अलोकतान्त्रिक कदम र राष्ट्रपतिको निरिहताप्रति आक्रोस पोखेका थिए । पार्टीले शान्तिपूर्ण प्रदर्शनहरु आज देशका सबै मुख्य सरहहरुमा भएको र निरन्तर रहने जनाएको छ ।


Loading comments...