Shankar Pokhrel

संसद् विघटन प्रधानमन्त्रीको बाध्यात्मक कदम : शंकर पोखरेल


काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविश्वास प्रस्ताव रोक्ने प्रयास असफल भएपछि संसद विघटन गरिएको जनाएका छन् ।

उनले दलभन्दा बाहिरबाट प्रधानमन्त्रीविरुद्ध लगिएको अविश्वास प्रस्ताव दर्ता गर्ने प्रयास असफल भएपछि बाध्यातात्मक रूपमा प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा जानुपरेको बताएका हुन्।

उनले लेखेका छन्
पार्टी एकताको मर्म विपरितको समिकरण,पार्टी विधानको व्यवस्था विपरित पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगिन आरोप सहितको अर्का अध्यक्षको एकल प्रस्ताव र दलभन्दा वाहिरवाट अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको वाध्यात्मक कदमका रुपमा ताजा जनादेशमा जाने निर्णय आएको हो । पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको अवस्थामा नयाँ जनादेश खोजी लोकतन्त्रमा स्वभाविक मानिन्छ । चुनावले लोकतन्त्र सुरक्षित र सुदृढ हुन्छ । सडक आन्दोलनको वाटोले प्रतिकृयावादी र दक्षिणपंथीहरुलाई फाईदा पुर्याउन सक्छ । गंभीर र जिम्मेवार बनौ ।


Loading comments...