Lifestyle Portal
  •   ३० श्रावण २०७९, सोमबार
mahabir pun

राष्ट्रिय आविष्कार केन्द्रको कोरोना कालको आम्दानी खर्च बिवरण महाबिर पुन द्वारा सार्बजनिक

६ पुष २०७७, सोमबार २२:३५

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रको ९ महिनाको कोरोनाको आम्दानी खर्च बिबरण हेर्नु होस यस प्रकार रहेको छ । बैज्ञानिक महाबिर पुनले आफ्नो फेसबुका बाट सम्पुर्ण जानकारी दिनु भएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रलाई कोरोनाको लक डाउन सुरु भए देखि गत मंसीर मसान्त सम्म प्राप्त भएको दान र सो दान बाट कोरोना बिरुद्ध लड्नको लागी बिभिन्न सामानहरु बनाउंदा भएको खर्चको विवरण मात्र पेश गरेको छु | अन्य अनुसन्धानहरुको खर्च यसमा संलग्न गरेको छैन | यो आम्दानी खर्चको बिबरण सर्बसाधारणले पनि बुझुन भन्ने उदेश्यले नियमानुसारको एकाउन्टिंगको ढांचामा प्रस्तुत गरेको छैन |

एकाउन्टिंगको ढांचामा हेर्न चाहनेहरुले हाम्रो वेबसाइटमा गएर हेर्न सक्नु हुनेछ अथवा [email protected] मा इमेल गरेर माग्नु सक्नु हुनेछ | तल दिईएको आम्दानी खर्च बाहेक अमेरिकाको Stanford University को एउटा रिसर्च ल्याबले करिब ६० लाख रुपैंया जतिको कोरोनाको बिभिन्न सामानहरु पनि दान गरेको छ |

चैत्र १२, २०७६ देखि मंगसिर ३० २०७७ सम्म कोरोना बिरुद्धको अभियानमा भएको आम्दानीको विवरण

निम्नानुसार नेपालमा नै प्राप्त भएको दानको जम्मा रकम – रु ३२०९३७२९
(तिन करोड बिस लाख त्रिनाब्बे हजार सात सय उनान्तीस रुपैंया मात्र)

१. देश विदेश बाट हिमालयन बैंक मार्फत प्राप्त दान – रु. ९४९९९४२
२. देश विदेश बाट ग्लोबल आई.एम. ई बैंक मार्फत प्राप्त दान – रु. १८२५१४२६
३. लक डाउनको सुरुको महिनामा बैंक नखुल्दा प्राप्त नगद दान – रु. ३५०५७४९
४. ई-सेवा मार्फत प्राप्त दान – रु ८३६६१२

निम्न अनुसार जापान र अमेरिकामा उठेको दान – रु. ९१०२६२० (एकानब्बे लाख दुई हजार छ सय बिस रुपैंया मात्र)

१. जापानमा NRNA Japan, MRR र अन्य दाताहरुले गरेको दान- रु. २१३००००
२. निम्न अनुसारको अमेरिकामा उठेको जम्मा दान ($59,090) – रु. ६९७२६२० क. अमेरिकी नेपाली नर्स सोसाइटी र डा. सन्तोष सापकोटाले सापटी कार्यक्रम बाट- ($20,000)
ख. हेल्थ फाउन्डेसन नेपालले Go Fund Me मार्फत उठाएको – $25,563
ग. नेपाल राइजिंग संस्थाले Walk for Nepal कार्यक्रम मार्फत – $11,600
घ. डा. सन्तोष सापकोटाले किनेको सामान – $1,927

माथी उल्लेख गरे अनुसार नेपालमा प्राप्त भएको तथा जापान र अमेरिकामा उठेको जम्मा दान – रु.४११९६३४९ (चार करोड एघार लाख छयानब्बे हजार तिन सय उनानपचास)

चैत्र ११, २०७६ साल देखि मंगसिर ३०, २०७७ सम्म कोरोना बिरुद्धको अभियानमा भएको खर्च विवरण तल दिईएकोछ |

निम्नानुसारको कामहरुमा भएको जम्मा खर्च – रु. 41,523,228 (चार करोड पन्ध्र लाख तेईस हजार दुइ सय अठासी रुपैंया)

१. PPE (१६,५०० वटा) र लाश राख्ने ब्यागहरु (४०) – रु.10,170,906
२. स्वाब संकलन गर्ने ६५ वटा बुथहरु – रु. 3,835,761
३. एरोसोल बाकस (३५) – रु. 356,561
४. UVC बाट भाइरस मार्ने उपकरणहरु (४५) – रु. 504,351
५. PAPR (ब्याट्री बाट चल्ने हावा सफा गर्ने उपकरण 125 वटा) – रु. 681,844
६. भेन्टिलेटर (३५), मिर्गौला डाईलिसिस (१८), अक्सिजन कन्सेंट्रेटर (१२) मर्मत – रु. 756,167
७. फेस शिल्ड (१२,०००), मास्क, सेनीटाईजर – रु. 691,892
८. Pnuemask (१६५), HME फिल्टर र त्यसका सामानहरु – रु.168,000
९. आइसोलेसन हुड (९२) र आइसोलेसन च्याम्बरहरु (८) – रु.177,448
१०. हस्पिटल रोबोट (६) र गुड्ने बुथ (२) – रु. 860,627
११. गण्डकी प्रदेशलाई प्रदान गरेको स्वाब संकलन गाडी तयार खर्च- रु. 383,091
१२. बिभिन्न अनुसन्धानको लागि ईलेक्ट्रोनिक्स पार्टपुर्जाहरु, सामानहरु र औजारहरु – रु. 5,647,675
१३. प्रयोग गरे पछि खर्च हुने हार्डवेयर सामानहरु (consumables)- रु. 785,643
१४. सानो पाइला मार्फत नारायणी अस्पताल बीरगंजलाइ कोरोना OPD निर्माण सहयोग –रु. 500,000
१५. अनुसन्धानकर्ताहरुलाई औषधि उपचार खर्च – रु. 136,143
१६. अनुसन्धानकर्ताहरुको खाना र खाजामा भएको खर्च – रु. 1,739,033
१७. नौ महिनामा कोरोना बिरुद्ध काम गरेका ३९ जना अनुसन्धानकर्ताको निर्बाह खर्च – रु. 6,288,244
१८. जापानमा किनेर पठाएको 3D प्रिन्टर र त्यसमा प्रयोग हुने सामानहरु – रु. 2,130,000
१९. अमेरिकामा कोरोनाको बिभिन्न सामानहरु किन्दा र नेपाल पठाउँदाको खर्च ($48,389) – रु. 5,709,902

जम्मा खर्च – रु.41,523,228 (चार करोड पन्ध्र लाख तेईस हजार दुइ सय अठासी रुपैंया)

जम्मा दानमा जम्मा खर्च घटाउदा = रु. 41,196,349 – रु.41,523,228 = – रु.326,939

यसरी ३ लाख २६ हजार ९ सय ३९ रुपैंया बढी खर्च भएको देखिएको छ | तर मंसिर मसान्त पछि पनि दानहरु आईरहेको छ र खर्च पनि भैरहेको छ | त्यसैले राष्ट्रिय आविष्कार केन्द्रले कोरोना बिरुद्धको लडाईमा दाताहरुको दान बाट नै बिभिन्न किसिमका १३ ओटा सामानहरु बनाएर स्वास्थ्यकर्मीहरुलाई निशुल्क वितरण गर्न सकेको हो | सामानहरु लैजाने केहि अस्पताल र व्यक्तिहरुले पनि दान गरेका छन | सम्पूर्ण दानहरु दाताहरुले स्वईच्छाले नै दान गरेका हुन् | धन्यबाद | ??? -महाबिर पुन

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ