११ बर्षको बन्धक जिबन पछि नेपाली चेलीको साउदीबाट उध्दार


काठमाडौं । बैदेशिक रोजगारिको शिलशिलामा साउदी अरबको ताबुकमा पुगेकी झापाकी लीलामायाँ धिमाल (पासपोर्टमा अर्कै नामबाट साउदी पठाइएकी) को ११ बर्ष पछी उध्दार भएको छ। ताबुक शहर स्थित साउदी नागरिकको घरमा बिगत ११ बर्ष देखी बिना तलब ति चेली बन्धक जिबन बिताएको खबर पाए लगत्तै नेपाली महावाणिज्य दुताबास जेध्दाको बिशेष पहल र गैर आवासिय नेपाली संघ साउदी अरबको समन्वयतामा लीलामायाँको उध्दार भई सकुशल नेपाल पठाउनमा सफलता प्राप्त भएको छ।

उनको उध्दारको निम्ती नेपाली महावाणिज्य दुताबासका श्रम सहचारी प्रेम प्रसाद उपाध्याय सहितको टोली ताबुक पुगेर चेलीको उध्दार गरी करिब दुई साताको लागि आवश्यक कानुनी प्रकृया पुरा नहुन्जेल सम्मको लागि गैर आवासीय नेपाली संघ द्वारा संचालित “RRR” मेघा परियोजना  अन्तर्गत  NRNA साउदी अरबले नेपाली चेलीलाई खाना र बस्नको ब्यबस्था मिलाउनुको साथै, हवाइ टिकटको लागि अंशिक रकम, पिसिआर टेस्टको लागि रकम उपलब्ध गराएको थियो।

महावाणिज्य दुताबासले सम्पूर्ण कानुनी प्रकृया अगाडि बढाएर चेलीको उध्दार गर्नुका साथै बर्षौं देखी नपाएको तलब क्षतिपूर्ती सहित चेलीको उध्दार गरी केही दिन महावाणिज्य दुताबासको सेल्टरमा राखी आवश्यक कानुनी प्रकृया पुरा गरी गत १५ डिसेम्बर २०२० का दिन अलजजिरा एयरलाइन्स मार्फत नेपाल पठाइएको हो। उक्त कार्यमा गैर आवासिय नेपाली संघ साउदी अरबका सल्लाहकार भक्त हमाल र एनआरएनए क्षेत्रिय समन्वय समिती ताबुकको सहयोग रहेको थियो।


Loading comments...