
जनार्दन शर्मा भन्छन्- ‘संविधानअनुसार संसद जीवित नै छ’
६ पुष २०७७, सोमबार २३:१२
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्य नेता जनार्दन शर्माले संसद् अझै जीवितै रहेको जिकिर गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि चुनावसमेत तोकिसकेको अवस्थामा पूर्व गृहमन्त्रीसमेत रहेका शर्माले सोमबार सामाजिक सञ्जालमा लेख्दै संविधानअनुसार संसद् यथावत् नै रहेको दाबी गरेका हुन्।
पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले फेसबुकमा लेखेका छन्, ‘संविधानअनुसार संसद् जीवित नै छ।’ तर कसरी छ भन्नेबारे नेता शर्माले केही लेखेका छैनन्।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा