Lifestyle Portal
  •   ९ माघ २०७९, सोमबार

बेलायतलगायत देशमा कोरोनाले नयाँ रूप लिएपछि विश्वभर बढ्यो चिन्ता, डब्लूएचओ भन्छ : डराउनु पर्दैन

७ पुष २०७७, मंगलवार ११:०८

लोकप्रिय

काठमाडौं ।  बेलायतमा कोरोना भाइरसले नयाँ रूप लिएपछि अहिले विश्वभर चिन्ता बढेको छ। ४० भन्दा बढी देशले बेलायत आवतजावतमा रोक लगाइसकेका छन्।

यसबीच युरोपेली संघ एक साझा नीति बनाउन छलफल गरिरहेको छ।

डेनमार्कमा पनि कोरोनाका नयाँ रूप फेला परेका छन्। जसले गर्दा स्विडेनले त्यस देशसँगको आवतजावत बन्द गराएको छ।

नयाँ स्वरूपको भाइरस संक्रामक त देखिएको छ तर यो बढी घातक भन्ने प्रमाण छैन।
विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले भने नयाँ रूपमा देखिएको कोरोना भाइरसबाट डराउनु नपर्ने बताएको छ।

डब्लूएचओका आपतकालीन प्रमुख डा। माइक रायनले भने, ‘महामारी फैलिने क्रममा भाइरसको नयाँ रूप देखिनु सामान्य कुरा हो, जुन नियन्त्रण बाहिर छैन।’

तर आइतबार बिहान बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानककले भाइरसको नयाँ स्वरूप नियन्त्रण बाहिर गएको भन्दै चिन्ता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई