Lifestyle Portal
  •   २२ माघ २०७९, आईतवार

ओली पक्षले बोलाएको केन्द्रीय समिति बैठक शुरु

७ पुष २०७७, मंगलवार ११:११

लोकप्रिय

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा शुरु भएको छ । ओलीको अध्यक्षतामा बैठक आरम्भ भएको हो ।

मंगलवार (आज) बिहान ९ बजेका लागि बोलाइएको बैठक झण्डै २ घण्टा ढिला गरी भर्खरै शुरु भएको हो ।

यसैबीच ओलीले बोलाएको बैठकमा पूर्वमाओवादी निकट टोपबहादुर रायमाझी बालुवाटार पुगेका छन् । यस्तै मणि थापालगायत पनि बालुवाटार गएको बताइएको छ ।

उनीहरु नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूह छाडेर ओलीतिर लागेका हुन् ।

ओलीले हठात संसद विघटन गरेपश्चात असन्तुष्ट बनेका प्रचण्ड समूहले दिउँसो १ बजेका लागि केन्द्रीय कमिटी बैठक आह्वान गरेका छन् ।

त्यस्तै संसद विघटनको विरुद्ध रणनीति तयार गर्न नेकपासहित कांग्रेस र जसपाको समेत केन्द्रीय कमिटी बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई