
फिल्म निर्माता रमेश एम. के पौडेललाई पितृ शोक
२६ मंसिर २०७५, बुधबार १६:१०
आयो टप टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो
इन्द्रै बिन्ति गरुन झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो
सफल युवा व्यवसायी तथा ‘राज्जा रानी’ तथा ‘रुद्रप्रिया’ फिल्म निर्माता रमेश एम. के. पौडेललाई पितृ शोक परेको छ । पौडेलका पिता अक्कल बहादुर पौडेलको आज बिहान निधन भएको हो ।
पौडेल फिल्म निर्देशनको अध्ययन गर्न तथा व्यवसायीक गतिविधिका कारण हाल अमेरिकामा छन् । ८५ बर्षको उमेरमा पौडेलका पितालाई हार्ट अट्याक भएपछि यो दुखद घटनाको उनले सामना गर्नुपरेको हो । रक्तचापको समस्याबाट पीडित वहाँ केही समयदेखि हेटौडामैं उपचाररत हुनुहुन्थ्यो |
“रमेश एउटा असल मित्र मात्र नभएर असल छोरा पनि हुनुहुन्छ । प्राय घर परीवार तथा माता पिताको कुरा सोध्न नछाड्ने उनी अहिले पितृ शोकमा हुनुहुन्छ । बुवा मेरो उन्नति र मैले गरेको हरेक संघर्ष र सफलताको साक्षि हो मेरो हौसला हो भनेको म अझै सम्झिन्छु“ पौडेलका अनन्य मित्र तथा हाम्रो पात्रोका व्यवस्थापकिय निर्देशक सन्तोष देवकोटाले बताउनुभयो ।
यो शोकको घडीमा निर्माता पौडेल लगाएत शोकसंतप्त परिवारजनलाई भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन, लाइभमाण्डू परिवार कामना गर्दछ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै