पतझडमा लालीगुराँसको यादहरु


स्वर्गीय क्षेत्र प्रताप अधिकारीले वडो स्वादले लेखेको गीत जोड्न चाहें जसलाई नारायण गोपालले भाका हालेर गाएका छन्, फाँटहरुले कस्लाई पुग्छ, भीरमा पनि फूलिदिन्छु, म त लालीगुराँसै भएछु भनेँर । त्यो त भयो पुरानो पुस्ता अब नयाँ पुस्ताको पनि कुरा गरौं थोरै नयाँ सुगम संगितमा कुन्ती मोक्तान ले पनि वडो भाका हालेर लालीगुराँसको सुन्दरतालाई आफ्ना गीतमा साभार गरेकिछिन्, लालीगुराँस अजम्बरी चम्पा चमेली जे भनें नि हुन्छ हजुर म त नेपाली ।

उता अहिलेका पुस्ताका लोकप्रीय गायक सबिन राईले गुराँसको फेद मुनी संझनाको छाँयाको ब्याख्या गरेका गीत नयाँ पुस्ताको एउटा लभ एन्थम नै बनेको छ ।

अग्रेजी भाषामा रोडोडेन्ड्रन भनिने यस फूलको अग्रेजीमान भने ग्रीक भाषाको राडोन र डेन्ड्रन दुई शब्द मिलेर बनेको छ, रोडोन भनेको रोस अर्थात गुलाफ अनि डेन्ड्रोन भनेको रुख हो । यसअर्थमा रुखमा फूल्ने गुलाफका रुपमा पनि लालीगुराँसलाई चिनिन्छ ।

नेपालको राष्ट्रिय फुल लालीगुराँस संग हरेक नेपालीको समबन्ध अनि भावना जोडिएको छ । लाली अर्थात रातो अनि गुराँस अर्थात फुल तसर्थ रातो गुराँसलाई लालीगुराँस भनिएको हुनपर्दछ । मसिंरको मध्यमा हुँदा यो पतझडमा सर्वत्र सुख्खापन छ तथापी अब आउने चिस्यान पछिको रसिलो मौसम अनि गुराँसको रौनकको आशा सबैमा छ ।

आउनुहोस् एकफेर आज हेरौं हाम्रा नेपाली डाँडाकाडाँमा फुलेका गुराँसका तस्बीरहरु ।


तस्वीर र शब्दः सुयोग ढकाल


Loading comments...