
प्रतिनिधिसभामाथि अवरोध सिर्जना गरिँदा मर्माहत छु : सभामुख
८ पुष २०७७, बुधबार २१:१५
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अप्रत्यासित रुपमा प्रतिनिधिसभामाथि अवरोध सिर्जना गरिएकामा सिंगो प्रतिनिधिसभा र आफूलाई मर्माहत बनाएको बताएका छन् । सभामुख सापकोटाले बुधबार विज्ञप्ति जारी गर्दै संसद् विघटन गरेकामा मर्माहत भएको बताएका हुन् ।
‘‘पुस १७ गतेभित्र संघीय संसद्को सातौं अधिवेशन सुरु गर्ने गृहकार्य भइरहँदा अप्रत्यासित रुपमा प्रतिनिधिसभामाथि अवरोध सिर्जना गरिएकामा सिंगो प्रतिनिधिसभा र मलाई मर्माहत बनाएको छ,’’ उनले भनेका छन्, ‘संविधानको धारा ७६ मा प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ । यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो । विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधिसभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ ।’’
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन
भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको
राष्ट्रपतिले नागरिकता विधेयक संसद्मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ