Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

ईपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी ठगी गर्ने पक्राउ

८ पुष २०७७, बुधबार २१:४६

काठमाडौं ।विभिन्न समयामा ईपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका-१९ घर भई काठमाडौं महानगरपालिका-५ रुद्रमतीमार्ग, कालोपुल बस्ने ५१ वर्षीय उत्तममान लिम्बुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

SHENSEGAE CONSULTANCY बागबजार काठमाडौंमा कोरियन भाषाको प्रशिक्षकको रुपमा काम गर्ने उत्तम मान समेतले विभिन्न समयमा कोरियन भाषाको ईपिएस परीक्षामा सहभागी हुन आएका विद्यार्थीहरूलाई प्रभाव तथा प्रलोभनमा पारी विद्यार्थीहरुको प्रवेश पत्रमा आफ्नो फोटो राखी परीक्षा दिई उत्तिर्ण हुने र प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म लिई विद्यार्थीहरुलाई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको खुल्न आएको छ ।

विशेष सूचना आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उत्तममानलाई पक्राउ गरी आवश्‍यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।