nepali congress logo

संसद विघटन गर्ने अधिकार ओलीलाई छैन भन्दै कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने


काठमाडौं। प्रमुख विपक्षी नेपाली कांग्रेसको आज बसेको केन्द्रिय पदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गर्दै राजनीतिक रूपमा देशब्यापी विरोध प्रदर्शन गर्ने जानकारी दिएको छ ।

आज बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले लोकतन्त्र र संविधानको विरुद्ध गरेको गतिविधिलाई लिएर देश भर प्रदर्शन गर्ने बुझिएको छ । आज बसेको पदाधिकारी बैठकको बारेमा बोल्दै प्रवक्ता विश्व प्रकाश शर्माले भने, प्रधानमन्त्रीओलीले चालेको कदम असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोध गरिसकेको र यस विषयमा थप योजना बनाउन आजको बैठक बसेको हो । प्रदर्शन कहिले र कहाँबाट सुरु गर्ने भन्ने बारेमा भोली बस्ने बैठकमा निणर्य हुने बताइएको छ ।


Loading comments...