Lifestyle Portal
  •   ३० श्रावण २०७९, सोमबार

सर्वोच्चको निर्णय नकुरौँ, तत्काल विरोधमै जाऔँ : नेता थापा

९ पुष २०७७, बिहीबार ००:४३

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले प्रतिनिधिसभा विघटनविरुद्ध तत्काल आन्दोलनमा उत्रिनुपर्ने तर्क गरेका छन् ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेता थापाले सडकमा जान सर्वोच्च अदालतको निर्णय कुर्न नहुने बताए । संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै उनले कांग्रेस तत्काल सडक संघर्षमा उत्रिनुपर्ने बताएका हुन् ।

कांग्रेसमा संस्थापन पक्षले निर्वाचनमा जानुपर्ने भनिरहेका बेला नेता थापाले प्रधानमन्त्री केपी ओलीले गराउँदै नगराउने चुनावको भ्रममा नपर्न आग्रह गरे।

नेता थापाले संवैधानिक परिषदमा हालै गरिएका नियुक्तिहरुको पनि प्रतिवाद गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।