कंगना रनौतको बिकिनी लगाएको तस्वीर भाइरल


एजेन्सी। बलिउड अभिनेत्री कंगना रनौत प्रायजसो कुनै-कुनै कारण चर्चामा रहन्छिन् । कंगना सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले दैनिक जस्तो शब्दको वाण चलाउने गर्छिन् । केही अघिमात्र किसान आन्दोलनलाई लिएर गायक दिलजीत दोसांझ र प्रियंका चोपडामाथि निशाना बनाएकी थिइन् । भर्खर मात्र कंगनाले एक तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छिन्, जुन फोटोको धेरै चर्चा भइरहेको छ ।

उक्त तस्वीरमा कंगनाले बिकिनी लगाएकी छिन् । समुन्द्रको किनारमा बसेकी छन् । यो तस्वीर सेयर गर्दै कंगनाले लेखेकी छिन्, ‘म आफ्नो जिन्दगीमध्येको एक एक्साइटेड स्थानमा पुगेको छु, त्यो हो मेक्सिको । सुन्दर, तर एक अप्रत्याशित स्थान ।’ मेक्सिकोको सानो आईलैंन्ड टुलुममा लिएको उनको तस्वीरमा प्रकार–प्रकारका रिएक्शन दिएका छन् । कसैले त उनलाई सिकार गराउने पक्षमा पनि देखिएका छन् ।

केही दिन पहिला उनले दीलजीत दोसान्ध र प्रियंका चोपडामाथि किसान आन्दोलनलाई लिएर निशाना बनाएकी थिइन् । उनले दुवैजनामाथि किसानलाई भड्काएर गायब भएको आरोप लगाएकी थिइन् ।


Loading comments...