
माधव-प्रचण्ड समुहबीच पनि विवाद, विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय
९ पुष २०७७, बिहीबार १७:५३
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
नेकपा फुटको अवस्थामा पुगेको समयमा राजदूत यान्छी प्रचण्डलाई भेट्न ललितपुरस्थित प्रचण्ड निवास खुमलटार पुगेकी हुन् ।
उनीहरुबीच करिब आधा घण्टा छलफल भएको थियो । उनीहरुबीच बिहीबार बिहान ९:२५ बजेदेखि ९:५० बजेसम्म भेट भएको थियो । नेकपामा अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल समूहले महासचिव चयन गर्ने भएका छन् ।
यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेकी थिइन् । राष्ट्रपति भण्डारीसँगको भेटमा संसद् विघटनका विषयमा असन्तुष्टि जनाएकी थिइन् ।
प्रचण्ड-नेपाल समूहको बिहीबारको बैठकले महासचिव चयन गर्ने बताइएको छ । महासचिव चयन गर्ने क्रममा तीन नेताहरु प्रचण्ड, नेपाल र झलनाथ खनालबीच विवाद सिर्जना भएको छ । तीनैजनाले आफ्नो मान्छेलाई महासचिव बनाउनुपर्ने अडान राखिरहेका छन् ।
महासचिवका लागि प्रचण्ड समूहबाट जनार्दन शर्मा, माधव नेपाल समूहबाट भेदुराम भुसाल र झलनाथ समूहबाट सुरेन्द्र पाण्डेलाई अघि सारेका छन् । राजदूत यान्छीले उनीहरुबीचको नेपाल-प्रचण्ड समूहबीचको विवाद समाधानका विषयमा छलफल गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई