मिस यूनिभर्स नेपाल: उत्कृष्ट १८ को छनौटको घोषणा (सूची सहित)


मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. ले ल्याएको यस वर्षको मिस यूनिभर्स नेपालको यही पुुस ७ गते मेरिएट होटोलमा भएको एक समारोहमा उत्कृष्ट १८ को छनौटको घोषणा भयो ।

उक्त समारोहमा उत्कृष्ट १८ ले समाजमा आफ्नो उद्देश्यको बारेमा बताए र त्यसैको आधारमा त्यहाँ उपस्थित मेडियाका प्रतिनिधि/व्यक्तित्वहरुले त्यही बेलामा आफ्नो मनपर्ने प्रतियोगीका लागि सोसल एड्भोकेसी विजेता बनाउन भोटिङ गरे । उक्त भोटिङको परिणामको आधारमा नीना कान्त मण्डल सोसल एड्भोकेसी विजेता बनेर सिधै उत्कृष्ट १० मा पुग्न सफल भएकी छिन् । यस प्रतियोगितालाई लोकतान्त्रिक बनाउने हाम्रो उद्देश्यलाई फेरि एक पटक यस भोटिङले पुष्टि गरेको छ ।

यस मिस यूनिभर्स नेपालका विजेताले रु. १० लाख नगद उपहार प्राप्त गर्ने छन् जुन नेपाली सौन्दर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिक धन राशि हो ।

  1. १००२ परिचय विष्ट / 1002 Parichhya Bista
  2. १००५ रजनी मिश्र / 1005 Rajani Mishra
  3. १००६ रोजिना श्रेष्ठ / 1006 Rozina Shrestha
  4. १००८ सौरभी खनाल / 1008 Surabhi Khanal
  5. १०१२ निना कान्त मण्डल / 1012 Nina Kant Mandal
  6. १०१७ सुदती श्रेष्ठ / 1017 Sudati Shrestha
  7. १०२० रोज तामाङ / 1020 Rose Tamang
  8. १०२८ सुजाता बस्नेत / 1028 Sujita Basnet
  9. १०४३ प्रिया हाडा / 1043 Priya Hada
  10. १०४८ अंशिका शर्मा / 1048 Anshika Sharma
  11. १०५२ प्रिया सिग्देल / 1052 Priya Sigdel
  12. ज्योती भट्ट / 1057 Jyoti Bhatta
  13. १०६५ रोशनी खत्री / 1065 Roshani Khatri
  14. १०७६ दिक्ता थापा / 1076 Dikta Thapa
  15. १०९४ एन्जल लामा / 1094 Angel Lama
  16. १०९५ अरिका रानाभाट / 1095 Arika Ranabhat
  17. १०९६ परमिता राना / 1096 Paramita Rana
  18. १०९७ नेन्सी खड्का / 1097 Nancy Khadka

नेपालमा आयोजित सौन्दर्य प्रतियोगिताहरुमा यस प्रतियोगिताले सबैको समावेशीका लागि नयाँ उदाहरण बन्नुका साथै यसले यस क्षेत्रमा नयाँ परिवर्तन समेत ल्याउने छ । अविश्वस्नीय यस प्रतियोगिताले आकर्षक धन राशिका साथै विश्वमै समावेशी प्रतियोगिताको मशाल बोक्दै अघि बढ्ने अठोट लिएको छ ।

सामूहिक विविधताको उदाहरणको रुपमा स्थापित यस प्रतियोगितामा लैङ्गिक विविधता मात्र नभई तौल, उचाई तथा अन्य शारीरिक बनोटमा विविधता भएका प्रतियोगीहरुको समेत सहभागिता रहनेछ ।

केही मानिसहरूका लागि विशेषाधिकारमा मात्र सीमित नभई यो प्रतियोगिताले धैरे व्यक्तिहरुका लागि उल्लेखनीय अवसर प्रदान गर्नेछ । नेपालमा आयोजित सबै सौन्दर्य प्रतियोगितामा विविधता ल्याउने उद्देश्य लिएको यस प्रतियोगिताको विजेताको छनौट निर्णायक र मतदानको आधारबाट गरिनेछ ।

http://missuniversenepal.org/


Loading comments...