
को हुन् इलोन मस्क ?
१९ कार्तिक २०७५, सोमबार ०४:४७
इलोन मस्क स्पेस एक्सका संस्थापक, प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख प्राविधिक अधिकृत र टेस्ला मोटर्सका सह-संस्थापक, प्रमुख कार्यकारी अधिकृत तथा उत्पादन आर्किटेक्चर हुन् । उनी एक दक्षिण अफ्रिकामा जन्मिएका क्यानेडियन-अमेरिकी व्यवसायी, लगानीकर्ता, इन्जिनियर हुन् । इलोन मस्कले गरेका व्यापार र उद्यमको सूची हेर्ने हो भने कुनै पनि परम्परागत खालका लाग्दैनन्, बरु उनले सुरु गरेका हरेक व्यवसाय अरूका लागि आश्चर्य र मार्गदर्शक बन्ने गरेका छन् । अनलाइन पेमेन्ट सिस्टम पेपाल होस् वा स्पेस एक्स वा विद्युतीय कार निर्माणमा क्रान्ति ल्याएको टेस्ला कार नै किन नहोस् । एलन मस्कले कसैले नसोचेको व्यवसायमा हात हाल्छन् र त्यसलाई सम्भावनाको ठूलो क्षेत्र भएको पुष्टि गर्छन् ।
एलोन मस्कलाइ रियल वर्ल्डको आइरन म्यानको नामले पनि चिनिन्छ । स्टिभ जबस भन्दा पछाडि टेक्नोलोजीमा सबै भन्दा धेरै काम गर्ने व्यक्तिको रुपमा उनलाई चिनिने गरिन्छ । तर इलोन मस्क जन्मदै यति धेरै धनी र सफल भने थिएन् । उनको बाल्यकाललाइ हेर्ने हो भने नीकै नै दर्दनाक छ । इलोन बच्चा हुदैमा उनको आमा र बाबुको सम्बन्द बिच्छेद भएको थियो । बाबुआमाको सम्बन्द बिच्छेद पछी बाबु संग बसेका इलोनलाइ उनका बाबुले जानअन्जानमा मेन्टल्ली टचर समेत गर्दथे । उनको बिद्यालय जीवन पनी त्यती धेरै सन्तोसजनक भएन । तर उनी स्वअध्यन गर्ने भएकाले सानो छँदा उनी आफैंले कम्युटर प्रोग्रामिङ सिकेका थिए, जसले उनलाई नयाँनयाँ प्रविधिमा फरक काम गर्न सक्षम बनायो । पढ्नुहोस् इलोन मस्क कसरि यति धेरै सफल चाहि कसरि भए भनेर
इलोनले बाल्यकालमा यति पुस्तक पढे की उनको घर नजिक भएका दुइ पुस्तकालयमा पद्ने पुस्तक नै बाकि रहेनन् र इन्साइक्लोपेडिया नै पढेर सक्याएका थिए । एक पटक उनको पार्टनरले ” तिमीलाई रकेट, ग्रह, वायुमण्डलको बारेमा कसरि यति धेरै ज्ञान छ?” भनेर सोद्दा पुस्तक धेरै पढ्छु भनेका थिए ।
यो पनि पढौं
उनी पुस्तक अध्याय मात्र हैन त्यहाबाट प्राप्त ज्ञानलाइ प्रयोग पानी गर्दथे । बाह्र वर्षको उमेरमा नै पुस्तक पढेर कोडिंङ् सिकेका थिए र ‘ब्लास्टर’ नामको गेम नै भनाएका थिए । उक्त गेमको लागी पाच सय डलर पुरस्कार नै पाएका थिए ।
साउथ अफ्रिकामा जन्मेका इलोनलाइ आर्मीमा भर्ना हुनु पर्ने अनिवार्यता नै थियो तर त्यो कुरा चित्त नबुझेर उनि क्यानाडा तिर भविस्यको खोजीमा निस्किए । क्यानाडामा उनले लोकल बिजनेसलाइ इन्टरनेटको पहुचमा पुर्याए र सफल पनी भए । उक्त ZIP2 नामक कम्पनी बेचेर अठाइस बर्सको उमेरमा नै मिलिनियर भएका थिए ।
कम उमेरमा नै मिलीनीयर बनेका मस्कले एउटा देशबाट अर्को देश सम्म पुर्याउनको लागी धेरै समय लाग्ने समस्या देखे र पेपाल नामक कम्पनिको सुरुवात गरे । पेपाल मार्फत उनले एक स्थानबाट अर्को स्थान सम्म पैसा वा चेक पुर्याउन हप्तौ लाग्नेबाट केहि छिनमा नै ट्रान्सफर गर्ने मिल्ने बनाए । उनले यो काम एक्लै भने गरेका हैन्। उक्त टिममा Youtube का सस्थापक लगायतको टिम थियो । २००२ मा ebay ले पेपाललाइ १.५ बिलियन डलरमा बेचे र मस्कको हातमा १८० मिलियन डलर मिल्यो । यति धेरै पैसाको मालिक भैसके पछाडी पनि आरामको जिन्दगी बिताउन छाडेर नया नया कम्पनी सुरु गर्न गर्न थाले जसले मानिसको बविस्यमा आइपर्ने समस्या समाधान गर्न सकियो । स्पेस एक्स, टेस्ला, सोलार सिटि र केहि वर्ष अगाडी मात्रै द बोरिङ् कम्पनी सुरु गरेका छन ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई
काठमाडौँ, १७ पुस : भनिन्छ, मानिसको जीवन.भएसम्मको संसार । जीवन नभए संसारै शून्य । यो भनाइलाई सत्य मान्ने हो भने
काठमाडौं, १५ पुस – गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व
भारतीय राजदूतावास, काठमाडैंले नेपालका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको समुपस्थितिमा आज आठौं अन्तर्राष्ट्रिय योग दिवस मनायो । सो कार्यक्रममा बोल्दै