Lifestyle Portal
  •   २८ श्रावण २०७९, शनिबार

प्रचण्ड-नेपाल समूहको संघर्षका कार्यक्रम घोषणा, यस्ता छन् तयारी

१० पुष २०७७, शुक्रबार ०९:३३

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड(नेपाल समूहले विभिन्‍न संघर्षका कार्यक्रमको घोषणा गरेको छ । आज संसद् विघटनविरुद्ध उक्त समूहले आन्दोलन गर्दै छ । अहिले साढे ९ बजे केन्द्रीय सदस्य तथा सांसदहरु माइतीघरमा भेला हुँदै छन् । माइतीघरमा भेला भएर आजै दिउँसो १२ बजे निर्वाचन आयोगमा जाने तयारी छ ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो । प्रचण्ड(नेपाल समूहले आजै पत्रकार सम्मेलन पनि गर्दै छ । प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५०१ सदस्यीय संघर्ष समिति गठन पनि गरिएको छ ।

यस्ता छन् प्रचण्ड-नेपाल समूहको कार्यक्रम

– १० गते ९:३० बजे सबै केन्द्रीय सदस्य, सासंदहरूलगायत माइतीघर मण्डलमा जम्मा भएर १२ बजे निर्वाचन आयोग जाने । दिउँसो २ बजे पत्रकार सम्मेलन ।

– एक साताभित्र प्रदेशहरूको बैठक सम्पन्‍न गर्ने ।
– १४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने ।
– १२ गते ७७ जिल्लाको भेलारबैठक गर्ने ।
– १४ गते ७७ वटै जिल्लामा प्रतिगमनविरुद्ध आन्दोलन ।
– २० गतेभित्र नगररगाउँपालिकासम्म बैठक, भेला गर्ने ।
– २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्‍न गर्ने ।
– काठमाडौंलगायत सहरहरूमा प्रतिगमनविरुद्ध दैनिक आन्दोलन गर्ने ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय

भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको

विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित

भारत सरकारको अनुदान सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास