
पप स्टार माइकल ज्याक्सनको पुरानो घर बेचियो
१० पुष २०७७, शुक्रबार ११:५५
काठमाडौं । पप स्टार माइकल ज्याक्सनको नेभरल्याण्ड फाम (पुरानो घर) बेचिएको छ । क्यालिफोर्नियाको लस ओलिभसमा रहेको ज्याक्सनको नेभरल्याण्ड फाम बेचिएको हो ।
यसअघि तोकिएको मूल्यमा एक चौथाईमात्र रकम दिएर ज्याक्सनका पुराना साथी रोन बर्कलीले फाम किनेको बीबीसीले जनाएको छ । फामका लागि उनले २२ मिलियन डलर तिरेका द वाल स्ट्रीट जर्नलले उल्लेख गरेको छ ।
११ सय हेक्टर क्षेत्रफल रहेको फामलाई सन् २०१५ मा सय मिलियन डलर दिने भनिएको थियो । पप गायक ज्याक्सनले सन् १९८७ मा नेभरल्याण्ड किनेर आफ्नो घर बनाएका थिए ।
सन् २००९ को जुनमा ज्याक्सन लस एन्जलसमा रहेको आफ्नो अर्को घरमा मृत भेटिएका थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल